'सैतान' भन्दै तान्त्रिकले कुटीकुटी महिलाको ज्यान लिए

काठमाडौं : भारतको पश्चिम बंगालस्थित बाङ्कुरा जिल्लामा सात जना तान्त्रिकले सैतान पसेको भन्दै एक महिलाको कुटीकुटी ज्यान लिएका छन् ।

सैतान पसेको भन्दै तान्त्रिककहाँ लगिएकी शिवानी दासलार्इ सैतान भगाउने नाममा ती तान्त्रिकहरुले निर्ममतापूर्वक कुटपिट गरी फलाम तताएर शरिरमा डाम्दा ती महिलाले ज्यान गुमाएकी हुन् ।


घटनापछि सातैजना तान्त्रिकहरुलार्इ प्रहरीले पक्राउ गरी हिरसातमा राखेर घटनाको अनुसन्धान अघि बढाएको छ । बाङ्कुरा जिल्लाको जोयपुरमा शनिबार राति भएको सो घटनामा तान्त्रिकहरुले ती शिवानीलार्इ सैतान भगाउने नाममा चरम याताना दिएका थिए ।

स्थानीय गाउँलेले शिवानी दासले शरिरमा सैतान पालेर कालो जादु गरेको भन्दै उनलार्इ तान्त्रिकको जिम्मा लगाएका थिए । बाङ्कुरा जिल्लाका पुलिस प्रमुख निलकान्तमले घटनामा संलग्न तान्त्रिकसहित स्थानीयलार्इ गिरफ्तार गरिएको जानकारी दिए ।

'हामीले यो अपराधमा संलग्न सातजनालार्इ गिरफ्तार गरेका छौं', उनले भने, 'तान्त्रिक अनुष्ठानका नाममा ती महिलमाथि कुचोले कुटिएको पाइयो । त्यसपछि फलाम तताएर शरिरमा डामिएको छ पक्राउ परेकामाथि हत्या अभियोगमा मुद्दा दर्ता गरेका छौं ।

0 comments

Write Down Your Responses