नेपालमा ६ हजार चिनियाँ कामदार
११ फागुन, काठमाडौं ।
आर्थिक रूपमा विश्व महाशक्ति राष्ट्र अमेरिकाभन्दा अगाडि देखिएको उत्तरी छिमेकी मुलुक चीनका करिब ६ हजार नागरिकले नेपालमा श्रम स्वीकृति लिएर काम गरिरहेको पाइएको छ।
नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने १३ हजार विदेशीमध्ये चिनियाँ जनशक्ति सबैभन्दा बढी रहेको श्रम विभागको तथ्यांकमा छ।
यसरी काम गर्ने विदेशीमा चिकित्सक, इन्जिनियर, पाइलट, प्राध्यापक, प्राविधिकलगायत रहेको श्रम विभागका शाखा अधिकृत प्रमोद मैनालीले बताए। 'चिनियाँ चिकित्सक धेरै कम आउँछन्', मैनालीले भने, 'पूर्वाधार निर्माणमा भने चिनियाँ कामदार धेरै छन्।'
उनका अनुसार फ्रान्स, जर्मनी, अफ्रिका, अमेरिका, भारत, जापान, दक्षिण कोरिया र क्यानडाबाट समेत प्राविधिक कामदार नेपालमा आएका छन्।
मेलम्ची खानेपानी, तामाकोसी, मध्यभोटेकोसी, माथिल्लो मादी, मस्र्याङ्दी, त्रिशूली र चमेलिया जलविद्युत् आयोजनामा चिनियाँले काम गर्छन्। 'एउटै आयोजनामा पनि एक सयदेखि एक सय ५० जना विदेशी कामदार श्रमस्वीकृति लिएर काम गरिरहेका छन्।
ती आयोजनामा अधिकांश चिनियाँ कामदार छन्', मैनालीले भने। नेपालमा जलविद्युत् विकास वृद्धिसँगै चिनियाँ कामदारको संख्या बढेको हो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
मैनालीका अनुसार नेपालमा चिनियाँ भाषा पढाउन आउने स्वंयमसेवकहरूले भने श्रम स्वीकृति लिएका छैनन्।
काठमाडौं विश्वविद्यालय, कन्फ्युसियस इन्स्टिच्युट, निजी विद्यालयमा चिनियाँ स्वयंसेवकले चिनियाँ भाषा पढाउँछन्। नेपालमा खुलेका चिनियाँ रेस्टुरेन्टमा चिनियाँ कामदार छन्। श्रम स्वीकृति नलिईकन काम गर्ने चिनियाँको सं या पनि धेरै रहेको अनुमान छ।
.jpg)

0 comments
Write Down Your Responses