इटहरी पुगेर हिमानीले भनिन्ः सँधै सहयोग गर्न चाहन्छु

११ फागुन, इटहरी ।


हिमानी कोषकी अध्यक्ष पुर्व युवराज्ञी हिमानी शाहले ट्रष्टले स्थापनाकालदेखि नै शिक्षा स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रमा सहयोग गर्दै आएको वताएकी छिन् ।

सुनसरीको मधेशामा स्वास्थ्य चौकीलाई एम्वुलेन्स हस्तान्तरण कार्यक्रममा शाहले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने ट्रष्टको नीति अनुसार एम्वुलेन्स हस्तान्तरण गरिएको बताएकी हुन् ।


सवै जनताको स्वास्थ्यमा पहुँच पुगोस् भन्ने कोषको लक्ष्य अनुसार मधेशा गाविसको माग अनुसार कोषले एम्वुलेन्स उपलव्ध गराएको समेत जानकारी दिइन् । कोषले शिक्षा, स्वास्थ्य लगायतका अन्य भौतिक विकासका क्षेत्रमा सहयोग गर्ने समेत उनले आश्वासन दिईन् ।

कोषले अक्सिजन सिलिण्डर सहितको सुविधा सम्पन्न एम्वुलेन्स मधेशा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरेको हो ।

अध्यक्ष शाहले स्वास्थ्य चौकी मधेशाका प्रमुख महेश पोखरेललाई एम्वुलेन्सको चावी हस्तान्तरण गरिन् । त्यसै गरी सुनसरीको ऐतिहासिक रामधुनी क्षेत्रको दर्शन गर्न पुगेकी हिमानी शाहलाई रामधुनी संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारीले धुनी क्षेत्रको भौतिक पुर्वाधार जिर्णोद्वार गर्न आग्रह समेत गरेका छन्

0 comments

Write Down Your Responses