एसिड आक्रमणकारीलाई ज्यान मुद्दा लगाउन अधिकारकर्मीको माग
काठमाडौं । ट्युसन सेन्टरमा किशोरीमाथि भएको एसिड आक्रमण गर्ने अपराधीलाई प्रहरीले पहिचान गर्न नसकिरहेका बेला अधिकारकर्मी सडकमा उत्रेका छन् । अपराधीलाई पक्राउ गरि कारवाही गर्न र एसिड आक्रमण गर्नेलाई कठा कानुनी ब्यवस्था गर्न माग गर्दे अधिकारकर्मीहरु सडकमा उत्रेका हुन् ।
अधिकारकर्मीहरुले एसिड प्रहार गर्नेलाई ८ देखि १० हजार रुपैयामात्र जरिवाना हुनुले हिंसा बढाएको बताएका छन् । प्रचलित कानुन अनुसार एसिड प्रहार गर्नेलाई १० हजार जरिवाना र एक बर्षकैदको मात्र ब्यवस्था छ । यो नियमलाई संशोधन गरि अपराध सरह कारवाही गर्न उनीहरुले माग गरेका छन् ।
आज राजधानीका सडकमा उत्रेका अधिकारकर्मीहरुले प्रहरीले सक्रियता नबढाएका कारण अपराधीले उन्मुक्ती पाउने अवस्था आएको समेत बताए । माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले आफ्नो सानो नातीले समते एसिड आक्रमण गर्नेलाई मृत्य दण्ड दिन आफुसँग माग गरेको बताइन । उनले भनिन ‘वर्तमान कानुनमै परिवर्तन गरि अपराधी सरह कारवाही हुनु पर्दछ ।
.jpg)

0 comments
Write Down Your Responses