एमालेमा केपी ओली र माधव नेपालबीच मारामार

काठमाण्डु, ११ फागुन– शीर्ष नेताहरूको विवादका कारण महाधिवेशन सकिएको ८ महिना भइसक्दा पनि एमालेले केन्द्रीय समितिलाई पूर्णता र नेताहरुलाई नयाँ जिम्मेवारी दिन सकेको छैन ।
मनोनयन र कार्यविभाजनकै एजेण्डामा छलफलका लागि बोलाइएको स्थायी समितिको बैठकसमेत पर सरेको सर्यैो छ । विवाद नमिलेकाले आइतबार बोलाइएको स्थायी समिति बैठक पनि नेतारुको कार्यव्यस्तताको कारण देखाउदै मंगलबारसम्मका लागि स्थगित भयो ।

‘नेताहरु सबै उपस्थित हुने अवस्था रहेन त्यसैले मनोनयनलगायतका एजेण्डामा छलफल भएन’, स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने, ‘अब आउदो बैठकमा यो बिषयमा छलफल हुन्छ, अब धेरै लम्बिदैन ।’ प्रमुख नेताहरुले मनोनयन गर्ने व्यक्ति र कार्यविभाजनका लागि गृहकार्य गरिरहेको उनले जानकारी दिए ।


विधान अनुसार केन्द्रीय र वैकल्पिक गरी १५ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ । १० जना पूर्ण र ५ जना वैकल्पिक केन्द्रीय सदस्यका लागि प्रमुख नेताहरुले आ–आफू निकट व्यक्तिहरु अघि सार्न थालेपछि विवाद चुलिएको छ । स्रोतका अनुसार अध्यक्ष केपी ओली र माधव नेपाल समूहबीच क(कसलाई मनोनयन गर्ने भन्नेमा विवाद छ ।

एउटा समूहले अघि सारेका व्यक्तिलाई अर्कोले अस्वीकार गर्ने गरेकाले सहमति हुन नसकेको नेताहरुले बताएका छन् । मनोनित हुने आकांक्षीहरुको संख्या झण्डै एक सयभन्दा बढी छ । एउटै समूहभित्र पनि कसलाई मनोयन गर्ने भन्नेमा नेताहरु पिच्छे फरक मत छ ।

त्यसैले गत आइतबार र सोमबार बसेका दुइटा बैठकले समेत विवाद मिलाउन नसकेपछि अध्यक्ष केपी ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव र्इश्वर पोखरेलको समूहलाई नाम तय गर्न जिम्मा दिएको थियो । उक्त जिम्मेवारीअनुसार केपी ओलीको निवासमा गत मंगलबार प्रमुख नेताहरुको बैठक बसेको थियो । त्यहाँ दुवै पक्षले आ(आफ्ना नाम अघि सारेका थिए ।

ओली पक्षले घनेन्द्र बस्नेत, देवराज घिमिरे, कृष्णगोपाल श्रेष्ठ, केदार न्यौपाने लगायतका नाम अघि सारेको छ । नेपाल पक्षले देवशंकर पौडेल कल्याणी खडका, कोमल भट्टराई, उषाकला राई , रामकुमार ज्ञवालीलगायतका नाम अघि सारेको छ । उपाध्यक्ष वामदेव गौतमले पनि कृषिमन्त्री हरि पराजुली, राजेन्द्र राईलगायतको नाम अघि सारेका छन् ।
कान्तिपुर दैनिकबाट

0 comments

Write Down Your Responses