मेष (चू चे चो ला ली लु ले लो अ)
परिस्थितिको सहि मूल्याङ्कन हुन नसक्नु असफलताको कारण बन्ने छ । हातमा आइ सकेको अवसर गुम्ने भय पनि उत्तिकै रहेको छ । साना तिना गल्तीको एकमुस्ट घाटा बोहोरिएला । स्वास्थ्य प्रतिकूल हुने या स्वास्थ्यमा अधिक खर्चको योग रहेको छ ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
आफूले गरेको गल्तीको प्रायश्चित स्वरूप श्रम गर्नु पर्नेछ । आफूलाई लागेका गलत मुद्दा झुठा सावित रहने छन् । मान मर्दन हुने खतरा टल्ने छन् । मानसिक शान्तिका लागि काम गर्ने बेला आएको छ । रमणीय स्थान भ्रमण हुने योग रहेको छ ।
मिथुन (का कि कु घ ङ छ के को हा)
भनाइ र गराइमा अन्तरले ठूलो फाटो ल्याउन सक्ने छ । बोलीको कारण विवादित बन्ने तर्फ सजग हुनुहोला । आपसी मेलमिलाप र भाइचारा बढाउने काममा लाग्नु उपयुक्त रहेको छ । तार्किक क्षमता उच्च रहने छ । राजनीति आफ्ना लागि सकारात्मक हुनेछ ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
बेला बेलामा देखिने असमझदारीले ठुलो हानी गर्नेछ । समयको उचित सदुपयोग गर्न नसक्दा प्रतिफल गुम्न सक्ने भय रहने छ । कमजोर आर्थिक स्थितिले चिन्तित बनाउने छ । सबैको हितमा लाग्ने बेला छ, सामाजिक सेवामा लागे नाम कमिने छ ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
आय र व्ययको स्थिति समान रहला । शैक्षिक कार्यमा सफलताको योग रहेको छ । महत्वपूर्ण कार्यमा प्रगति हुनेछ । सपना बिपना रुपमा आउने छन् । रोक्किएका काम बन्ने छन् । अनिच्छित कार्यमा लाग्नु पर्ने वाध्यता आउन सक्ने छ ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
सामान्य अवस्थामा पनि असफल भइने योग छ, सोचेर काम गर्नु होला । रमाइला काममा व्यर्थको धन गुम्ने छ । सहयोगीहरु बिरोधी भएर निस्कने छन् । ब्यापार घाटामा जाने खतरा छ । बिना सोच बिचार काम गरे बनेको काम बिग्रन सक्ने छ ।
तुला (र री रु रे रो ता ती तू ते)
आर्थिक व्यय भार घट्ने छ । व्यापारिक प्रयोजनका लागि गरिने क्रियाकलाप सफल हुने छन् । अरुलाई गरेको सहयोगको प्रतिफल राम्रो हुनेछ । बिपरित समयमा पनि धैर्यले गरिने काम शुभ फली हुनेछ । आय श्रोत बढ्ने र नयाँ कामको थालनी हुनेछ ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
सोचेको काम अधुरो रहला । अनावश्यक विवादमा फसिने छ । प्रदेशको बास हुनेछ । नकारात्मक सोच हावी हुनेछ । अनैतिक व्यक्तिको सङ्गतले नगरेको आरोप लाग्न सक्ने छ । ब्यापार धरासायी हुनेछ । आफूलाई नैतिकताको प्रश्न तेर्सिन सक्नेछ ।
धनु (य यो भा भी भू ध फा ढ भे)
बेमेलको स्थिति सदाको लागि अन्त्य हुनेछ । काममा भाग्यले साथ दिनेछ । केही यस्ता निर्णय गरिने छ जुन समग्र जिन्दगीलाई सफल बाटो दिन सहयोगी होस् । राजनैतिक काममा शुभ समाचार सुन्न पाइने छ । अपरिचितको सहयोग पाइने छ ।
मकर (जो जा जी खी खू खे खो गा गी)
आत्मबल बढ्ने छ । कार्यक्षेत्र सफल उन्मुख हुनेछ । दीर्घकालिन सोचका काम सम्पन्न हुने छन् । व्यक्तिगत स्वार्थबाट टाढा रहन सके परिवारको कल्याण हुनेछ । तपाईप्रति अरुको भरोशा अझ बढी हुनेछ । सामाजिक काममा लागिने छ ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
नोकरीमा पदोन्नती हुने योग रहेको छ । आफन्त मित्रको सहयोग पाइने छ । लामो समयबाट हुन नसकेका काम बन्ने छन् । आर्थिक पक्ष मजबुत रहने छ । ब्यापार सफल हुने देखिएको छ । दिनको अन्त्य भने केही निराश दिने वाला रहेको छ ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
अपरिचितको भरोशा गरे फसिने छ । आर्थिक अनियमितताको कारण लाग्ने आरोपबाट मुक्ति मिल्ने छ । सरकारी काममा उच्च पदस्थ अधिकारीको सहयोग पाइने छ । आफ्ना गलत निर्णयको भने पुन समीक्षाको खाँचो रहने छ । मित्रता दरिलो हुनेछ ।
.jpg)

0 comments
Write Down Your Responses