प्रहरीले छापा मारेपछि होटल व्यवसाय धमाधम वन्द !

११ फागुन, चितवन ।


दिउसोको समयमा पनि हेटल तथा लजहरुमा यौनजन्य क्रियाकलाप वढेको भन्दै प्रहरीले छापा मारेपछि चितवनका होटल तथा लज व्यवसायीहरुले व्यवसाय अनिश्चितकालका लागि वन्द गर्ने निर्णय गरेका छन् ।



उनीहरुले आजदेखि होटल तथा लज तथा रेष्टुरेन्टहरु समेत वन्द गरेको जनाएका छन् । चितवन प्रहरीले शनिवार दिउसो भरतपुर र नारायणगढका मध्यम स्तरका होटल तथा लजहरुमा छापा मारी ४ दर्जन व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले यौनजन्य आपत्तीजनक स्थितीमा भएकोले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । तर होटल व्यवसायीहरुले भने होटलमा भरिएको लग वुकको समेत वेवास्ता गर्दै पाहुना र व्यवसायीहरुलाई समेत नियन्त्रणमा लिएकोले विरोध गर्नुपरेको वताएका छन् ।

होटल व्यवसायी संघका अध्यक्ष डासीराम ढकालले व्यवसाय नै धरासायी पार्ने उदेश्यले छापामार शैलीमा प्रहरी होटल प्रवेश गरी आतंकित पारेको गुनासो गरेका छन् । यही स्थितीमा व्यवसाय गर्न नसक्ने भन्दै व्यवसायीहरु एकजुट भएर वन्द गर्न वाध्य भएको उनको भनाई छ ।

प्रहरीले मध्यम स्तरका होटलहरुमा छापा मारेपनि ठूला भनिएका होटलहरुमा भने छापा मार्ने गरेको छैन । चितवनमा २ सय ५० भन्दा वढी होटल,लज तथा रेष्टुरेन्टहरु संचालित छन् ।

0 comments

Write Down Your Responses