अख्तियार प्रमुख लोकमानको चुनौति : डा. केसी मलाई लगाएका आक्षेप प्रमाणीत गर
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की १० दिनदेखि आमरण अनसनमा बसेका प्रा.डा.गोविन्द केसीमाथी खनिएका छन् । उनले दुई मेडिकल कलेजलाई नयाँ सम्बन्धन दिन अख्तियार प्रमुख कार्कीले सरकारलाई दवाद दिएको भन्ने केसीको भनाईप्रति आपत्ती जनाएका छन् । शरीरमा अन्तिम स्वास रहुन्जेल देश र जनताको निश्वानर्थ सेवामा समर्पित रहने प्रण गरेको म विरुद्धको यो र यस्ता आक्षेपले मलाई तत्काल दुखित तुल्याए पनि किमार्थ विचलित भने हुने छैन कार्कीले अख्तियारको फेसबुक मार्फत भनेका छन विभिन्न आवरण र वहानामा मलाई लान्छित गर्ने सम्बद्ध सबैलाई मेरा विरुद्धको आक्षेप पुष्टि गर्न चुनौती दिन चाहन्छु ।
यसरी खनिए कार्की केसीबिरुद्ध
नेपाली मेडिकल क्षेत्रसँग सम्बन्धित कतिपय मुद्धा र तिनको समाधानको प्रस्ताव गर्दै अनसनरत डा। गोविन्द के।सी। ले आफ्ना मागको छैठौ बुँदामा काठमाण्डौं विश्वअविद्यालयद्वारा दुई नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिईएको सन्दर्भमा अख्तियार प्रमुखका रुपमा मेरो समेत दवावमूलक भुमिका रहेको आक्षेप सहित छानविन र कारवाहीको माग राख्नुु भएको कुराले मलाई आश्चिर्य चकित तुल्याएको छ ।
सार्वजनिक ओहदामा रहँदा होस् वा नरहँदा मैले निजी स्वार्थका लागि आज पर्यन्त कसै माथि कुनै दवाव दिएको छैन । त्यस माथि सिन्डिगेट प्रवृत्ति, जल माफिया, र भू माफिया, मेडिकल माफिया, लगायत सबै प्रवृतिका माफियातन्त्र एवं राष्ट्रिय जीवनका तमाम फाँटमा व्याप्त विसङ्गति विरुद्ध जेहाद छेड्दै आईरहेको म विरुद्ध यस ढंगको काल्पनिक, भ्रामक तथा मनोगत निश्कगर्षमा आधारित लान्छना लगाउनु आफैँमा खेद जनक छ ।
शरीरमा अन्तिम श्वा स रहुन्जेल सम्म देश र जनताको निश्वानर्थ सेवामा समर्पित रहने प्रण गरेको म विरुद्धको यो र यस्ता आक्षेपले मलाई तत्काल दुखित तुल्याए पनि यसबाट म किमार्थ विचलित भने हुने छैन । विभिन्नआ आवरण र वहानामा मलाई लान्छित गर्ने सम्बद्ध सबैलाई मेरा विरुद्धको आक्षेप पुष्टि गर्न चुनौती दिन चाहन्छु ।
मेडिकल क्षेत्रका विकृतिहरुको अन्त्य र सुद्धिकरणका पक्षमा डा। के।सी। ले प्रस्ताव गर्नु भएका अधिसंख्यक मागहरु प्रति मेरो पनि समर्थन र सद्भाकव रहँदा रहँदै पनि मेरा प्रतिको दोषारोपणको भने भत्सर्ना गर्दछु ।
समाजका कतिपय कोणबाट नेपाली मेडिकल कलेजहरुको स्थापना, सम्बन्धन, स्वीकृति र यस फाँटमा देखिदै आएका विकृतिका हकमा तिखा प्रश्नलहरु उठिरहेका छन् । उठे उठाईएका जिज्ञाशा प्रति अख्तियार प्रमुखका नाताले मेरो ध्यानाकर्षण हुनु स्वभाविक हो ।
जनसाधारणको स्वास्थ्य र हजारौँ मेडिकल शिक्षार्थीहरुको भविष्य सँग सोझो सरोकार राख्नेर मेडिकल क्षेत्रमा व्याप्त विसङ्गतिलाई लिएर अख्तियार वितेका डेढ वर्ष यता छानविनरत छ । यस क्षेत्रमा विद्यमान विकृतिका सबै आयामहरु अख्तियारको अनुसन्धान र निगरानीमा छन् ।
आयोगको निरन्तरको अनुगमन, छानविन र खवरदारीले सम्बन्ध अधिकारी र सरोकारवालमा संचारित भयको परिणाम स्वरुप यस क्षेत्रमा थोर – वहुत सुधार आएको अनुमान गर्न सकिन्छ । यहाँ सम्म कि देवदह मेडिकल कलेजको अनुगमनको सन्दर्भमा झुठ्ठा प्रतिवेदन तयार पारिएको विषयले आयोगकै नेतृत्तवमा न्यायलयमा प्रवेश पायो । तर आयोग यति मै सन्तुष्ट छैन ।
सम्बद्ध मन्त्रालय र मेडिकल काउन्सिल द्वारा विना पूर्वाधार, विना मापदण्ड र हचुवामा आधारमा मेडिकल कलेजहरुलाई सम्बन्धन एवं स्वीकृति प्रदान भईरहेको विषयलाई आयोगले गंभीरता पूर्वक छानविन गरिरहेको छ । हो पूर्वाधार युक्त र गुणस्तरीय मेडिकल कलेजहरुको स्थापना र अध्यापनले मेडिकल अध्ययनका नाममा अर्वौ रकम विदेशिने प्रवृत्तिमा अंकुश लाग्ने मात्र होईन यसबाट विदेशी मुद्रा आर्जन हुने र प्रकरान्तरले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने कुरामा दुई मत हुन सक्दैन । तर के यहि आवरणमा मनपरी ढंगबाट मेडिकल कलेजहरुको स्थापना सम्बन्धन र स्वीकृतिको उपलब्धता जायज हुन सक्छ रु किमार्थ हुन सक्दैन । बरु विना पूर्वाधार र विना मापदण्डका मेडिकल कलेजहरुको उपस्थितिले मेडिकल शिक्षाको गुणस्तरमा ह्रास ल्याउने र यस क्षेत्रलाई बदनाम तुल्याउन सक्ने संभावनालाई नकार्न सकिदैन ।
यस अर्थमा मुलुकको भूसंरचना, क्षेत्रीयता, गरिवी तथा पछौटेपनले आक्रान्त क्षेत्र, जनघनत्व र पूर्वाधारलाई मध्ये नजर गर्दै सम्बद्ध मन्त्रालय, विश्वरविद्यालय, मेडिकल काउन्सिल लगायत सरोकारवाला पक्षहरुको संयुक्त पहलमा यथोचित मापदण्ड निर्माण गरेर मात्र मेडिकल कलेजहरुलाई सम्बन्धन र स्वीकृति प्रदान गर्नु वान्छनिय हुनेछ।
यसै तथ्यलाई मध्ये नजर गर्दै आजै मात्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल क्षेत्रमा विद्यमान विसङ्गतिहरुको अन्त्य तथा यस क्षेत्रलाई थप वैज्ञानिक र सुदृढ तुल्याउन आयोग ऐन २०४८ को दफा २८ बमोजिम नेपाल सरकारलाई विभिन्नर सुझाव लेखि पठाइएको छ।
लोकमान सिँह कार्की
प्रमुख आयुक्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
.jpg)

0 comments
Write Down Your Responses