उपाधि भिडन्तमा न्युजिल्यान्ड सुरुमै धर्मरायो
२०७१ चैत्र १५ आईतवार
काठमाडौं : विश्वकप क्रिकेटको उपाधि भिडन्तमा न्युजिल्यान्ड शुरुमै धर्मराएको छ । मेलबर्नमा अस्टेलियाविरुद्ध टस जितेर पहिलो विश्वकप उपाधि उचाल्ने लक्ष्याका साथ ब्याटिङमा उत्रेको न्युजिल्यान्डले शुरुवातमै तीन विकेट गुमाइसकेको छ ।
करिब ९० हजार दर्शकहरुमाझ भइरहेको भिडन्तमा अस्टेलियाले न्युजिल्यान्डलाई शुरुबाटै दबाबमा राखेको छ । ओपनर बे्रन्डन म्याकुलम खेलको शुरुमै आउट भए । उनले तीन बल सामना गरेको अवस्थामा खाता नै नखोली पेभेलियन फर्के ।
त्यसैगरी वेस्टइन्डिजविरुद्ध विष्फोटक पारी खेल्दै दोहोरो सतक खेलेका मार्टिन गुप्तिल पनि आजको खेलमा जम्न सकेनन् । उनलाई ३४ बलमा १५ रन बनाएको अवस्थामा गेलेन म्याक्सवेलले बोल्ड गर्दै पेभेलियन फर्काए ।
न्युजिल्यान्डका अर्का ओपनर केन विलियम्सन पनि सस्तैमा आउट भए । उनी ३३ बलमा १२ रन बनाएको अवस्थामा पेभेलियन फर्के ।
१० वटा विश्वकपमा अस्ट्रेलियाले अहिलेसम्म पाँचौ पटक उपाधि जित्ने धुनमा छ भने पहिलो पटक विश्वकपको फाइनलमा पुगेको न्युजिल्यान्ड छिमेकीबाट उपाधि खोसेर पहिलो खुसी मनाउने दाउमा छ ।
ताजा अवस्थामा न्युजिल्यान्डले १६ ओभर खेल्दै तीन विकेटको क्षतिमा ५२ रन बनाएको छ । न्युजिल्यान्डलाई अस्टे«लियन बलर निरन्तर दबाबमा राख्न सफल भएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses