मेलबर्न (एएफपी), चैत्र १५ - न्युजिल्यान्डले विश्वकप क्रिकेटको फाइनलमा आइतबार अर्को सहआयोजक अस्टे्रलियाको मेलबर्न क्रिकेट मैदानमा सामना गर्दा छिमेकीको कुनै डर मान्ने छैन । ब्रेन्डन म्याकलमको नेतृत्वमा न्युजिल्यान्डले पहिलोपल्ट ५० ओभर क्रिकेटको फाइनल खेल्दैछ र उसको प्रतिष्ठा रहेको छ, प्रतियोगितामा एक मात्र अपराजित टिम । उसले लगातार पछिल्ला आठ खेल जितेको छ ।
त्यसमध्ये अकल्यान्डमा अस्टे्रलियामाथि प्राप्त एक विकेटको रोमाञ्चक जित पनि पर्छ । त्यसमा केन विलियम्सनले प्याट कमिन्सको बलमा छक्का प्रहार गर्दै जित निश्चित गरेका थिए । न्युजिल्यान्ड १ सय ५२ रनको विजयी लक्ष्यसम्म पुग्दा एक विकेट मात्र बाँकी थियो । यही मैदानमा भएको सेमिफाइनलमा पनि न्युजिल्यान्डले दक्षिण अफ्रिकामाथि रोमाञ्चक र तनावपूर्ण जित हात पारेको थियो ।
त्यसको अन्तिम दोस्रो बलमा ग्रान्ट इलियटले निणर्ायक छक्का प्रहार गरेका थिए । न्युजिल्यान्डले लगातार छ विश्वकप सेमिफाइनल खेलेयता यो पहिलो फाइनल यात्रा हो । यससँगै रग्बीमा हुरुक्क हुने देश पहिलो पल्ट आपmनो देशले क्रिकेट विश्वकप पनि जितोस् भन्ने इच्छा साँचेको छ, जुन विश्वकपको ४० वर्षे इतिहासमा हुन सकेको छैन ।
वान-डे क्रिकेट वरीयताको नम्बर-१ टिम अस्टे्रलिया भने आपmनो घरेलु मैदानमा पाँचौं विश्वकप उपाधिको अभियानमा छ । फाइनलमा धेरैका लागि अस्टे्रलिया नै जितको बलियो दाबेदार रहेको छ । न्युजिल्यान्डले सन् २००९ मा मेलबर्नमा अन्तिम पटक खेलेको थियो । उसले नकआउट चरणका दुई र लिग चरणका सबै छ खेल आपmनै भूमिका खेलेको थियो ।
त्यसैले अस्टे्रलियाली कप्तान माइकल क्लार्कले मेलबर्न क्रिकेट मैदानमा ब्ल्याक क्याप्स राम्रो प्रदर्शनका लागि संघर्षरत हुने चेतावनी दिएका छन् । 'यहाँको वातावरण र न्युजिल्यान्डको स्थितिमा आकाश जमिनको फरक छ,' उनले भनेका छन्, 'तर यो तथ्यमा पनि शंका छैन कि न्युजिल्यान्डलाई हराउन हामीले उत्कृष्ट क्रिकेट खेल्नुबाहेक अरू विकल्प हुने छैन ।'
दुई देशबीच भौगोलिक र राजनीतिक मात्र होइन, खेलकुदमा पनि चर्को प्रतिस्पर्धा चल्ने गर्छ । 'अस्टे्रलिया र न्युजिल्यान्डबीच प्रतिस्पर्धा चर्को हुने गर्छ । त्यसमाथि दुई आयोजक देश विश्वकपको फाइनल पुगेका छन्, त्यसैले यो विशेष अवसर हुने निश्चित छ,' क्लार्कको विश्लेषण रहेको छ । न्युजिल्यान्डले फाइनलमा सेमिफाइनलकै टिम उतार्नेछ ।
त्यसमध्ये चार खेलाडी केन विलियम्सन, कोरी एन्डरसन, टे्रन्ट बोल्ट र म्याट हेनरी पहिलोपल्ट मेलबर्न क्रिकेट मैदानमा खेलिरहेका छन् । फाइनल हेर्न दर्शकदीर्घामा ९० हजार दर्शक हुनेछन् र यसले सिर्जना गर्ने माहौल न्युजिल्यान्डका लागि समस्या पनि नहुन सक्छ, किनभने यस मैदानमा भएका पछिल्ला पाँच खेलमध्ये चारमा न्युजिल्यान्ड विजयी रहेको छ ।
विश्वकप क्रिकेटमा न्युजिल्यान्ड र अस्ट्रेलिया भिड्दै : न्युजिल्यान्डले अस्ट्रेलियाको डर नमान्ने
.jpg)

0 comments
Write Down Your Responses