नरेन्द्र मोदी बन्दै परेश रावल
Apr 7, 2015
एजेन्सी ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा अव चलचित्र बन्ने भएको छ । यसको प्रमुख भूमिका अर्थात नरेन्द्र मोदीको भूमिकामा चर्चित कलाकार परेश रावल देखिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
परेश रावलले यो फिल्ममा भारतको प्रधानमन्त्रीको रोल गर्नेछन् ।
संयोग नै मान्नु पर्छ राजनीतिक आस्थाका हिसावले पनि मोदी र परेश रावल एउटै पार्टी भारतीय जनता पार्टीमा छन् । परेशले आफूले नरेन्द्र मोदीको भूमिकाका लागि मेहनत गर्ने बताएका छन् ।
यो चलचित्रको सुटिङ आगामी अगष्टमा हुने बताइएको छ । यस अघि पहिलो पटक आफै चलचित्र बनाए र अभिनय समेत गरेका परेश रावालले ओ माइ गड नामक चर्चित चलचित्र निर्माण गरिसकेका छन् ।
.jpg)

0 comments
Write Down Your Responses