हिरोईनसँगको सम्बन्धवारे खुल्दैछन् भुवन केसी
२०७१ चैत २२ गते
काठमाडौं । महिलाप्रेमी अभिनेताको आरोप खेप्दै आएका भुवन केसीले आफुले संगत गरेका महिलाका वारेमा धेरै कुरा खोल्ने भएका छन् ।
कुन महिलासँग लामो समयसम्म अन्तरंग सम्बन्ध लामो समयसम्म रह्यो ? कुन महिलासँग के कारणले सम्बन्ध बिग्रियो ? यी सवै निजी मामिलाबारे खुलासा गर्ने तयारी गर्दैछन् भुवन केसी ।
करियरको सुरुवाती दिनमा गायक र त्यसपछि लामो समयसम्म नायकका रुपमा चर्चित रहेका भुवन केसीले आफ्नो करियरको उत्तरार्द्धमा आएर आत्मकथा लेख्दैछन् ।
घोष्टराईटिङ नेपालले प्रकाशन गर्न लागेको पुस्तक ‘सुपरस्टार भुवन केसी’ मा उनले आफ्नो संर्घषसँगै प्रेम र रोमान्सका प्रसंगलाई पनि खुलासा गरेका गर्दैछन् ।
घोष्टराईटिङ सेन्टरले वैशाखको दोस्रो साता उनको आत्मकथा बजारमा ल्याउने तयारी गरेको छ । ‘भुवनको आमाको जन्मतिथि पारेर चैत्र २२ गते मा पुस्तक बजारमा ल्याउने योजनामा जुटेका थियौं । तर, नायक भुवन केसी आˆनै फिल्म ‘डि्रम्स’को निर्माण/निर्देशनमा व्यस्त भएकाले अलि पछि सर्ने भयो ।’ घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकालले भने ।
पुस्तकमा उनले जीवनमा उतार चढाबवारे धेरै खुलासा गरेको ढकालले जानकारी दिए ।
पुस्तकको अन्तिम ड्राफ्ट केसीले हेर्न बाँकी रहेको उनले बताए । लगभग तीन वर्षको संगतपछि भुवनको वारेमा पुस्तक तयार भएको अध्यक्ष ढकालको भनाई छ ।
.jpg)

0 comments
Write Down Your Responses