मसाल जुलुस निकाल्दा झडप, विद्यार्थीको कार्यालयमा प्रहरीको घेरा
Apr 6, 2015
चैत, काठमाडौं ।
३० दलीय मोर्चाले आयोजना गरेको तीन दिने आम हडतालको पूर्व सन्ध्यामा माओवादी कार्यकर्ताले निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । बागबजारबाट मशाल जुलुस निकाल्ने प्रयासमा रहेका कतिपय विद्यार्थी नेतालाई प्रहरीले पक्राउ गरेको जानकारी समेत अखिल क्रान्तिकारीका नेताहरुले दिए ।
अखिल क्रान्तिकारीको बागबजारस्थित कार्यालयमा समेत प्रहरीले घेराबन्दी गरेको छ ।
प्रहरी र मशाल जुलुस निकाल्न खोज्ने विद्यार्थीबीच झडपको अवस्था समेत आएको छ । प्रहरीले मशाल खोस्न खोजेपछि झडपको अवस्था आएको हो ।
बागबजार क्षेत्र तनाग्रस्त रहेको हाम्रा संवाददाताले जनाएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses