एजेन्सी) सबैले आफ्नो हुनेवाला पत्नी सुन्दर र सुशील होस् भन्ने चाहन्छन् । तर, वास्तवमा त्यसको ठीक उल्टो भयो भने तपाईं के गर्नुहुन्छ ? चीनमा भने एक युवकले आफ्नो दुलही आफूले कल्पना गरेभन्दा ठीक उल्टो पाएपछि विवाहकै दिन आत्महत्या गर्ने प्रयास गरेका छन् ।३३ वर्षीय काङ हु का लागि उनका आमा बुवाले ३० वर्षीय ना सुङलाई पत्नीका रुपमा छानेका थिए । काङले विवाहको दिनभन्दा अघिसम्म सुङलाई भेटेका थिएनन् । तर, विवाहका दिन जब उनले सुङलाई पहिलो पल्ट देखे, उनले आफूले कल्पना गरेको जस्तै पत्नी पाएनन् । उनी निरास बने र विवाह समारोहकै बीचमा आफ्नो हुने वाला पत्नीलाई नराम्री भन्दै त्यहाँबाट हिँडे र छेउको खोलामा हामफालेर आत्महत्याको प्रयास गरे ।
त्यति बेलाको माहौल निकै अप्ठ्यारो अवस्था थियो, विवाहमा बोलाइएका मध्ये एक पाल चान वाङले भने, वेहुली दुःखी थिइन् भने दुवैका आमा बुवा निकै रिसाएका थिए । हामी भने के गर्ने भन्ने अक्क न वक्क थियौं । काङलाई यस विवाहका लागि उनका आमाबाबुले जबजस्र्ती गरेको पनि उनले बताए ।
विवाह समारोहबाट एक्कासी बाहिरिएका दुलाहको खोजीमा दुवै परिवारका सदस्य लागेका थिए । केही समयपछि काङलाई खोलाको किनारमा डुलिरहेको अवस्थामा उनीहरुले फेला पारेका थिए । तर, उनीहरुले केही भन्नुभन्दा पहिले उनले खोलामा हामफाले ।
हामी पुग्दा उसको शरीर पानीमा तैरिरहेको थियो, काङका एक साथी क्वान सुईले भने, मलाई त लागेको थियो ऊ मरिसकेको छ । पछि प्रहरी र उद्धारकर्ता आएर काङको शरीर पानीबाट निकालेर उसको ज्यान जोगाएको थियो ।
होसमा आएपछि भने काङले आफू आफ्नो हर्कतबाट निकै शर्मिन्दा बनेको बताए थिए । जब मैले आफ्नो दुलहीलाई देखे मैले आत्महत्याबाहेक अन्य कुनै उपाय सोच्न सकिँन, उनले भने ।
1 comments
Write Down Your Responses
.jpg)

April 5, 2015 at 5:27 AM
आदरणीय महानुभावहरुलाई हार्दिक नमस्कार हामीले ताजा खबर छिटो समाचार नया पुराना हरेक प्रकारका गीतहरु र अनलाइन रेडियो लिएर आएका छौ . तपाईहरुको सहयोग र सत्भावको आशा राख्दै हाम्रो page www.facebook.com/janahitkhabar like गर्नुहुन र www.janahitkhabar.com हेर्नु हुन् अनुरोध छ
Thank You
Janahitkhabar.com