पारस आएलगत्तै हिमानी दिल्ली जाँदै, पारसलाई भेटिनन्
२०७१ चैत २२ गते
२२ चैत, काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह आइतबार नयाँदिल्ली जाने भएकी छिन् । पूर्वयुवराज पारस शाह काठमाडौं आएको तीन दिनपछि उनी दिल्ली जान लागेकी हुन् । १९ चैतमा थाइल्यान्डबाट फर्केका पारससँग हिमानीले भेट गरेकी छैनन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह यसै साता दिल्ली जाने कार्यक्रम छ । उनको भ्रमणको चाँजोपाँजो मिलाउन हिमानी दिल्ली जान लागेको निर्मलनिवास स्रोतले जनाएको नयाँ पत्रिकामा खबर छ ।
दिल्लीमा यसपटक पूर्वरानी कोमल शाहको उपचारका लागि पूर्वराजपरिवारले केही समय खर्चिने छ । पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना पनि हिमानीका साथ आइतबार नै भारत जाँदैछन् ।
.jpg)

0 comments
Write Down Your Responses