आजको राशिफल : आज मिति २०७१ साल चैत २४ गते मंगलवार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
काममा सुधार आउनेछ। आर्थिक स्रोत सबल रहनेछ। मनमा शंका र नकारात्मक सोचाइ बढ्नेछ। प्रेममा सफलता मिल्नेछ। ज्ञान प्राप्त हुनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सानै प्रयासले ठूला कार्य सम्पन्न हुनेछन्। सिर्जनात्मक कार्यमा रुचि बढ्नेछ। विपरीत लिंगीप्रति आकर्षण बढ्नसक्छ। आत्मविश्वास बढ्नेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
पारिवारिक सम्बन्ध सुखमय हुनेछ। धन आर्जनका नयाँ स्रोत फेला पर्नुका साथै शत्रुहरू मित्र बनेर सहयोगी बन्नेछन्। चोटपटकको सम्भावना छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
बोलीको प्रभाव बढ्नेछ। नवीन कार्यको सुरुआत हुनेछ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ। अध्ययन सामान्य रहनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिश्रम धेरै गर्नु पर्नेछ। दैनिक कार्यमा ढिलासुस्ती र अल्झनको सामना गर्नु पर्नेछ। धन क्षय हुनसक्छ। दिनको पूर्वाद्र्ध राम्रो रहनेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मानसिक चिन्ता बढ्नेछ। कानुनी झमेला पर्नेछ। अनावश्यक यात्राको योग छ। स्वास्थ्यमा खर्च हुनेछ। कामप्रति स्थायित्व आउनेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमीप्रेमिकाबीच प्रगाढ सम्बन्ध कायम हुनेछ। साहित्य लेखनमा रुचि बढ्नेछ। परिवारको सहयोग पाइनेछ। राजनीतिक कार्यमा बाधाव्यवधान देखा पर्ला।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सामाजिक पदप्रतिष्ठामा वृद्धि हुनेछ। भूमि, बाहन आदिको खरिदबिक्री हुनेछ। मातापिताको सहयोगले पदोन्नति हुने योग छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
स्वास्थ्य र व्यापारव्यवसायमा सुधार आउनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ। परोपकाको भावना वृद्धि हुनेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आफन्तसँगको सम्बन्धमा सामान्य मनमुटावको स्थिति रहला। आकस्मिक धनलाभ हुनेछ। स्वरोजगार खासै नयाँ उन्नति नहोला।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
चिन्ता र ग्लानिले सताउनेछ। दैनिक कार्यमा बाधा उत्पन्न हुनेछ। आयआर्जन प्रभावित रहनेछ। अध्ययनमा असफलताको समय छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
बोलीको प्रभाव बढ्नेछ। नवीन कार्यको सुरुआत हुनेछ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ। कान्ति क्षय हुनेछ।

0 comments

Write Down Your Responses