गौरमा सुरक्षाकर्मीलाई लक्षित गरी भारतीय भुमिबाट गोली चल्यो
रौतहट ।
गौरको बेलबिछुवास्थित सशस्त्र प्रहरी बेश क्याम्पमा पेट्रोल बम आक्रमण भए लगतै भारतीय भुमिबाट गोली चल्न थालेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई लक्षित गरी भारतीय भुमिबाट गोली चल्न थालेको रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताए । ‘ठुलो संख्यामा सशस्त्र र नेपाल प्रहरीलाई लक्षित गरी गोली प्रहार गरिएको छ’ प्रजिअ भुजेलले भने ‘भारतीय पक्षसँग समन्वय गरी जवाफ दिने तयारीमा छौ ।’
नेपाल भारतबीचको दसगजा क्षेत्रमा पर्ने पुनर्वासा र नवरत्नस्थित बाँसघारीबाट नेपाली भूमितर्फ लक्षित गरेर निरन्तर गोली तथा बम प्रहार भइरहेको छ । दुई सयजनाको संख्यामा रहेका भारतीयबाट सिमा सुरक्षाको जिम्मा लिएको सशस्त्र क्याम्प र प्रहरी पोस्ट्लाई लक्षित गरेर फायर गरिएको प्रजिअ भुजेलले बताए ।
भारतीय भुमिबाट गोली चल्न थालेपछि गौरको जनजिवन आतंकित बनेको छ । गौरमा ठुलो संख्यामा प्रहरी परिचालन समेत गरिएको छ । दिनदिनै रौतहट सदरमुकाम गौरको जनजिवन आतंकित बन्दै गएपछि नेपाल काठमाडौंबाट प्रहरीका एआईजी गणेश राई र सशस्त्र प्रहरीका एआईजी कृष्णकुमार तामाङ रौतहट पुगेका छन् ।
गौरबजार विहानै देखि बन्द छ । भारतीय भुमीबाट गोली चल्न थालेपछि गौरबासी थप आतंकित बनेका छन् ।
.jpg)

0 comments
Write Down Your Responses