पुलिसले चोरेको आरोप | रमेश खरेललाइ पनि बिमल नेपालको फोटो चोरेको आरोप |
विमल नेपाल -
एसएसपी रमेश खरेले केही समयअघि अमेरिका भ्रमणमा आउनु भएको थियो। त्यसै क्रममा मैले उहाँको फोटो खिचेको थिएँ बोस्टनमा। यो फोटो उहाँलाई मन परेछ र फेसबुकको प्रोफाइलमा नै राख्नुभएछ।
आफ्नो फोटो उहाँले फेसबुकमा राख्नुभएको राम्रो हो। मलाई यसमा कुनै आपत्ति छैन। तर जसको सिर्जना हो, यसको अर्थात् फ़ोटोग्राफ़रको नाम उल्लेख गर्नु त कता हो कता, भएको मेरो नामसहितको वाटरमार्क नै पो मेटाइएयछ।
फोटोमा भएको कपिराइट मार्क मेट्नु ग़ैरक़ानूनी मात्र होइन, अनइथिकल पनि हो, त्यो पनि कानूनका रक्षक ज़िम्मेवार पुलिस अफिसरबाट! कपिराइट वा कलाको कदर गर्ने परिपाटी नेपालमा कहिले सुरू होला?
आफ्नो व्यवसायिक हकको लागि छुच्चो बन्नु परेकोमा दुःखी छु। संयोग नै कस्तो भने जो सबैभन्दा लोकप्रिय छन् उनैले मेरा फ़ोटोहरूको दुरूपयोग गर्न पुगे।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि आफ्नो फेसबुक पेजमा मैले खिचेको फोटो बिना क्रेडिट प्रयोग गर्नुभयो। मैले कानुनी कारबाही अघि बढाएको छु। मेरा वकीलले आधिकारिक नोटिस भारतीय प्रधानमन्त्रीको कार्यालयमा पठाएपछि दिल्लीले जवाफ फर्काएको छ।
अझै धेरै चरणमा पत्राचार भएपछि हामी अदालत जान सक्नेछौँ। कपिराइटसम्बन्धी यो मुद्दा अमेरिकी अदालत वा भारतीय अदालतमै पनि दायर हुनसक्नेछ।
अन्त्यमा म के भन्न चाहन्छु भने मैले एसएसपी खरेलसित कुनै आर्थिक लाभ होस् भनेर यो कुरा सार्वजनिक गरेको होइन। उहाँले मेरो फोटो निःशुल्क उपयोग गर्न सक्नुहुन्छ। तर उहाँले मेरो नाम उल्लेख गर्नुपर्छ र मैले खिचेको फोटोमा रहेको वाटरमार्क हटाउनु हुन्न। कसैको सिर्जनात्मक कामलाई उहाँले गलत उपयोग गर्न पाउनु हुन्न।
.jpg)

0 comments
Write Down Your Responses