गंगा नदीमा तैरिरहेको अवस्थामा १०४ शव फेला
लखनउ– उत्तर प्रदेशमा उन्नावको सफ्कीपुर क्षेत्रमा परियारघाट नजिक गंगा नदीमा मंगलबार कम्तीमा पनि १०४ शव फेला परेको छ । शव निकै पुरानो भएको बुझिएको छ । अधिकारीका अनुसार ती शवहरु मोक्ष प्राप्त गर्न गंगानदि भित्र छिरेका मानिसहरुको हुनसक्ने बताएको छ । दुबै कानपुर र उन्नावका प्रशासनले उक्त घटनाको छानबिन र शवको अन्त्येष्टिको लागि आदेश दिएको बताएको छ । स्थानीय अधिकारीहरुका अनुसार यो क्षेत्रमा अविवाहित महिलाको मृत्यु पछि अन्तिम क्रियाको रुपमा जल प्रवाह गरिने प्रचलन रहेको छ । स्थानीय क्षेत्रमा अविवाहित र बच्चाहरुको शवलाई गंगामा बगाइदिने परम्परा छ ।
यसका साथसाथै गंगाको नजिक नै एउटा आर्यघाट छ । सामान्यतया, दैनिक रुपमा पाँच, ६ शव गंगामा बगाइदिने गरिन्छ । आस्था र धार्मिक मान्यताका कारण प्रशासनिक अधिकारी र पुलिसले यस्तो प्रचलनमा रोक लगाउन सकेका छैनन् । यस्तो अवस्थामा शव बग्दै गरेर एउटा ठाउँबाट अर्को ठाउँमा जाने गर्दछ । कसैले ती शव त्यहि महिलाहरुको अनुमान गरिएको छ । वरिष्ठ प्रशासनिक अधिकारीका अनुसार यो घटनाको विषयमा डराउनुपर्ने केहि छैन । उनी भन्छन्, ‘यस क्षेत्रमा पानीको वहाव कम भएका कारण ती लासहरु यहाँ आएर अड्किएको हो । ’ लासहरुको अन्त्येष्टीको तयारी भइरहेकोसमेत उनले बताए ।
0 comments
Write Down Your Responses