प्रचण्डका पूर्व सुरक्षा गार्ड ‘तुफान’ को रहस्मय मृत्यु


शनिबार, माघ
पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर लालबहादुर रोकाया ‘तुफान’ को निधन भएको छ । रोकाया शान्ति प्रक्रियाको शुरुदेखि लामो समयसम्म एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षा गार्डको रुपमा थिए ।


अछाम  जिल्लाको रामारोशन गाविस वडा नम्वर ९ निवासी रोकायाले माघ १४ गते साँझ साथीहरुसँग गाउँकै एक पसलमा चिया खाएको बताइएको छ । तर राती उनको मृत्यु भएको भन्दै साथीहरुले शव बोकेर घर लगेका थिए

जिल्ला अस्पताल मंगलसेनमा पोष्टमार्टमपछि शुक्रबार शव घर लगिएको छ । निधनको कारण खुल्न सकेको छैन । एमाओवादी, नेकपा–माओवादी र नेकपा माओवादीले रोकायाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।

३५ वर्षिय रोकाया २०५६ सालदेखि तत्कालिन नेकपा माओवादीको पूर्णकालिन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भिए । माओवादी शान्ति प्रक्रियामा आउनु पहिले उनले पूर्व जनमुक्ति सेनाको सातौं डिभिजनको ब्रिगेड कमाण्डरको जिम्मेवारी सम्हालेका थिए।प्रचण्डका पूर्व सुरक्षा गार्ड ‘तुफान’ को रहस्मय मृत्यु

,

0 comments

Write Down Your Responses