पाकिस्तानमा एक वर्षको अवधिभर २२ लाख महिलाद्वारा गर्भपतन
एजेन्सी (सास)इस्लामाबाद । पाकिस्तानमा पछिल्लो १० बर्षको दौरानमा गर्भपतन गराउनेको संख्या ह्वात्तै बढेर गएको छ । पाकिस्तानमा बर्षेनी गर्भपतन गराउनेको संख्या दोब्बर बढ्दै गएको र पछिल्लो बर्ष यो संख्या बढेर २२.५ लाख नाघेको एक तथ्यांकले देखाएको छ ।
उक्त तथ्यांक अनुरुप सन् २०१२ मा पाकिस्तानमा गर्भपतन गराउनेको संख्या २२.५ लाख रहेको थियो । अधिकांश गर्भपतन यस्ता मानिसहरुले गराए, जो गर्भ बोक्ने योग्यता राख्दैनथिए । रिपोर्टमा भनिए अनुसार बर्ष २०१२ मा गर्भपतन गराउने ६ लाख २३ हजार महिलाहरुलाई असुरक्षित गर्भपतनकै कारण पुन: उपचार गराउन परेको थियो ।
0 comments
Write Down Your Responses