आर्यघाटमा आन्दोलन, दाहसंस्कार प्रभावित
January 15,
काठमाडौ । पशुपति क्षेत्र विकास कोषको घाट सेवाका कर्मचारी थप सुविधा माग्दै मंगलबार आन्दोलनमा उत्रेका छन् ।
उनीहरूले काम ठप्प पारेपछि मृतकका आफन्तहरूले नै दाहसंस्कार गरे । सेवासुविधा साह्रै कम भएको र विस्तारका लागि माग राख्दा कोषले बेवास्ता गरेको आन्दोलनरत कर्मचारीले बताए । यो सेवामा शव जलाउने, किरिया बस्ने ब्राह्मणलगायत छन् ।
कोषले किरियापुत्री बस्दा र शव जलाउँदा ब्राह्मणहरूलाई निश्चित रकम दिने गर्छ ।
कर्मचारीले साथमा उपदान, स्वास्थ्य बिमा र सुरक्षा माग गरेका छन् । थप १० प्रतिशत कमिसन उनीहरूले दाबी गरेका छन् ।
आन्दोलनका संयोजक विदुर बुढाथोकीले कोषले वास्ता नगरेका कारण आफूहरूले शव जलाउन बन्द गरेको बताए ।
३५ वर्षदेखि निरन्तर शव जलाउँदै आएका साथीहरू छन्, सेवासुविधा केही पनि छैन, उनले भने, बन्द गर्नु हाम्रो बाध्यता हो, रहरले गरेका होइनौं ।
कर्मचारीले शव जलाएबापत करिब १२ सय र किरिया बसेबापत ३५ सय रुपैयाँ पाउँछन् । आजको कान्तिपुरमा समाचार छ ।
0 comments
Write Down Your Responses