ओबामालाई स्वागत गर्ने रातो कार्पेटमै यसरी कुकुर दौडेपछि...




माघ,काठमाडौं । अमेरिकी राष्ट्रपति बाराक ओबामा आइतबार बिहान तीनदिने भारत भ्रमणको क्रममा नयाँदिल्ली आउँदा एउटो अनौठो घटना हुन पुग्यो । त्यो थियो उच्च सुरक्षा घेरा तोड्दै आएको कुकुरको प्रसंग  ।


राष्ट्रपति भवनको उच्च सुरक्षालाई तोड्दै आएको त्यो कुकुरले एकछिन ओबामा स्वागतमा तहल्कानै मच्चायो । त्यो कुकुर कहाँबाट कसरी आयो भनेर सबै सुरक्षाकर्मी समेत चकित भएको अन्तराष्ट्रि अनलाईनहरुले छापेका छन्  ।


उनलाई सेभेन लेयर सेक्युरिटी (सात तहको सुरक्षा) दिने भारतीय प्रहरीले तयारी गरेको थियो । उनको सुरक्षाका लागि अमेरिकाबाट पनि सुरक्षाकर्मी भारत आएकाथिए । अमेरिकी र भारतीय सुरक्षाकर्मीको संयोजन गरेर सात तहको सुरक्षा व्यवस्था गरिएको थियो

0 comments

Write Down Your Responses