२०७१ माघ १६
सुतिरहेकी एक गर्भवती महिलाको जिउमाथि हस्तमैथुन गर्दागर्दै रंगेहात समातिएका एक जना मानिस जेल चलान भएका छन् ।
हस्तमैथुन गरेर ६ महिनाकी गर्भवती महिलाको जिउमाथि विर्यस्खलन गर्ने ती ३५ वर्षे युवक रेलवेका कर्मचारी हुन् । उनले इन्जिनियरिङ तालिमका कारण तनाव भएको र आफ्नो वैवाहिक जिवनमा समेत समस्या भोगिरहेका कारण आफु विक्षिप्त भएर त्यस्तो काम गरेको जिकिर गरेका छन् ।
घटना अमेरिकाको हो । मेट्रो नर्थ रेलबोर्डका कर्मचारी समेत रहेका म्यानी रामोस नामका पुरुषले न्युयोर्क सिटीको ग्रान्ड सेन्ट्रल टर्मिनल देखि कनेक्टिकटको न्यु ह्यावनसम्मको रेल यात्राका क्रममा रेलभित्रै एक गर्भवती महिलामाथि त्यस्तो हर्कत गरेका कनेक्टिकट पोष्टले जनाएको छ ।
ब्रिजपोर्टस्थित गोल्डेन हिल स्ट्रिट अदालतले यौन हिंसाको अभियोगमा ती पुरुषलाई २ वर्षको जेल सजाय सुनाउनुका साथै उनलाई यौन अपराधीको रुपमा सरकारी अभिलेखमा दर्ता गरिएको र ३ वर्षसम्म निगरानीमा राखिने फैसला गरेको छ ।
आफुमाथि सुतेको बेलामा त्यस्तो काम गर्ने पुरुषले फेरि पनि सोही काम दोहोराउने डरले आफु त्यसपछि सुत्न नसकेको भन्दै उनले आफुमाथिको हिंसा यौन आक्रमण भएको बताइन् ।
पीडित महिलाले आफ्नो जिउमाथि हस्तमैथुन गर्ने पुरुषको प्रतिवाद गर्न थालेपछि भने ती पुरुषले पाइन्टको जिपर बन्द गर्दै कनेक्टिकटको फेयरफिल्ड रेल स्टेशनमा ओर्लिएर भागेका थिए ।
.jpg)

0 comments
Write Down Your Responses