ओबामा भारत आएको रिसमा राजिनामा
१६ माघ, काठमाडौं ।
अमेरिकी राष्ट्रपति बराक ओबामाले गतहप्ता भारतको भ्रमण गरे । भारतको गणतन्त्र दिवसको अवसरमा उनी मुख्य अतिथि नै बने । भारतभरी ओबामाको चर्चा भयो । तर उनको भारत भ्रमणकै कारण एक पाकिस्तानी अधिकारीले भने पदबाट राजिनामा दिएका छन् ।
पाकिस्तानको पञ्जाव प्रान्तका गभर्नर मोहमम्द सरवरले ओबामाको भारत भ्रमणप्रति आक्रोश ब्यक्त गर्दै राजिनामा दिएको टाइम्सअफ इण्डियाले जनाएको छ ।
पाकिस्तानको नवाज शरीप सरकार ओबामासँग राम्रो सम्बन्ध बनाउन असफल भएकव भन्दै उनले राजिनामा दिएका हुन् । ओबामाले भारत भ्रमण गर्नु पाकिस्तानी सरकारको असफलता भएको उनको टिप्पणी छ ।
यस अघि अमेरिकाको विषयमा बोलेकै कारण प्रधानमन्त्री नवाज शरीफले उनीसँग स्पष्टीरकण मागेका थिए ।
.jpg)

0 comments
Write Down Your Responses