त्यस्ता अचम्मका कुरा जसले पुरुषलाई महिलातर्फ आकर्षित गराउँछ
पुरुषहरुलाई महिलाको कस्ता बानीहरु राम्रो लाग्छन् भन्ने कुराको जानकारी तपाईंमध्ये धेरैलाई थाहा होला तर तपाईंलाई थाहा भएमध्ये पनि महिलाहरुका त्यस्ता अचम्मका व्यवहारहरु छन् जुन पुरुषलाई राम्रो लाग्छ । यहाँ दिइएका बुँदाहरु थुप्रै पुरुषहरुसँगको कुराकानी र अनुसन्धानको आधारमा तयार गरिएको हो ।
१. मेकअप बिनाकी आफ्नी महिलाः मेकअप गरेकी आफ्नी महिलालाई निकै आकर्षक देखिएको छ भन्न पछि नपर्ने पुरुषहरुलाई आफ्नी महिला बिना मेकअप, राम्रो लुगा नलगाएको र कपाल पनि राम्रोसँग नकोरेको हेर्न रुचाउँछन् । थुप्रै पुरुषहरुले आफ्नी महिलाको यस्तो स्वरुप हेर्न पाउँदा उनीहरुलाई अझ राम्रोसँग बुझ्न सजिलो हुने बताउँछन् । उनीहरु आफ्नी महिलालाई राम्रो पहिरन र मेकअप बिना नै हेर्न रुचाउँछन् ।
२. उनको लवजः धेरैजसो अवस्थामा महिलाहरु आफ्नो लवजका कारण लज्जित हुने गरेको बताउँछन् । यदि तपाईं पनि यस्तै सोच्नुहुन्छ भने यो विषयमा निकै राम्रो निष्कर्ष निस्किएको छ । धेरैजसो पुरुषहरुलाई आफ्नी महिलाको लवज निकै राम्रो लाग्ने बताइएको छ । यदि तपाईंको लवज विकट गाउँको जस्तो छ र अरुभन्दा भिन्न छ भने पनि तपाईंको यहि लवज तपाईंको प्रेमीलाई राम्रो लाग्ने गर्दछ । तपाईंको बोल्ने शैली जस्तो भएपनि त्यो राम्रो छ, त्यसकारण त्यसलाई आत्मसाथ गर्नुहोस् ।
३. उनलाई डराएको देख्नुः पुरुषहरुलाई महिलाको राम्रो लाग्ने अर्को अचम्मको बानी उनको डर हो । सुरुमा यो निष्कर्ष पढ्दा मलाई अचम्म लागेको थियो । के एक पुरुष आफ्नी महिलालाई डराएको हेर्न रुचाउँछ ? यो प्रश्न सबैको मनमा उब्जिन सक्छ । यसको उत्तर यहाँ दिइएको छ । पुरुषहरुले आफ्नी महिलालाई निकै नै आत्तिएको नभई थोरै डराएको हेर्न रुचाउँछन् । यसो किनभने, जब पुरुषहरुले आफ्नी महिला डराएको देख्छन् तब उनीहरुले उनलाई सजिलो महसुस गराउने मौका पाउँछन् र आफूलाई सच्चा पुरुष भएको साबित गर्ने मौका पाउँछन् ।
४. स्ट्रेच मार्कः छोराछोरीलाई जन्म दिइसकेपछि आफ्नो शरिरमा स्ट्रेच मार्क बसेको कुरामा चिन्ता नलिनुहोस् । सबै महिलालाई आफ्नो स्ट्रेच मार्क पक्कै मनपर्दैन तर तपाईंका पार्टनर वा श्रीमानलाई तपाईंलाई यहि मननपर्ने स्ट्रेच मार्क मनपर्छ । तपाईंको पुरुषलाई तपाईंमा भएको स्ट्रेच मार्कले उनको सन्तान तपाईंले कुनै बेला बोक्नुभएको थियो भन्ने कुरा आभाष गराउँछ । विश्वास गर्नुहोस्, तपाईंको स्ट्रेच मार्क तपाईंको पुरुषलाई निकै मनपर्छ ।
५. चस्माः पुरुषहरुले आफ्नी महिलाले चस्मा लगाएको हेर्न रुचाउँछन् । थुप्रै पुरुषहरुले आफ्नी महिलाले चस्मा लगाएको हेर्न रुचाउने बताएका छन् । यदि तपाईंको पुरुषले तपाईंलाई चस्मामा हेर्न रुचाउँछन् भने किन कन्ट्याक्ट लेन्स लगाउने ? यो महिलाहरुका लागि खुशीको खबर हुनसक्छ ।
६. मेकअप लगाइरहेको हेर्नः के तपाईंलाई थाहा छ ? तपाईंको पुरुषले तपाईंले मेकअप गरिरहेको हेर्न रुचाउँछन् । मेकअप गर्दा तपाईंले अपनाउने तरिकालाई देखेर उनीहरु दङ्ग हुने गर्दछन् । प्रत्येक महिलाको मेकअप गर्ने विभिन्न तरिकाले पनि पुरुषहरुलाई अचम्मित बनाएको हुन्छ । त्यसकारण महिला मित्रहरु, अर्कोपटक आफ्नो मेकअप चेक गर्दा पुरुष अगाडि भएकोमा अप्ठेरो नमान्नुहोस् ।
७. उनको रुमाल बेरिएको टाउकोः सबैभन्दा अचम्मको कुरा के छ भने पुरुषहरुलाई आफ्नी महिलाले नुहाइसकेपछि टाउकोमा बेरिएपछिको उनको अनुहार हेर्न राम्रो लाग्छ । कपाल चिसो र लामो छ र टाउकोमा रुमाल बेरिएको छ भने यो अवस्थाकी आफ्नी महिलालाई उनीहरु हेर्न रुचाउँछन् । यो निकै अचम्म छ र यसको विषयमा तपाईंले आफ्नो प्रेमीसँग कुरा पनि गर्न सक्नुहुन्छ ।
८. उनले व्यायाम गरेकोः महिलाहरुले व्यायाम गरिरहेको हेर्न पुरुषहरुलाई मनपर्छ । थाकेको अनुहार र पसिनाले पुरुषहरुलाई तुरुन्त आकर्षित गरिहाल्छ । सम्भवतः तपाईंलाई आफ्नो यो अवस्था मननपर्ला तर तपाईंको पुरुषले भने यो अवस्थालाई छुटाउन चाहदैनन् । त्यसकारण आफ्नो पार्टनरको अगाडि व्यायाम गर्न नहिच्किचाउनुहोस् । सबैभन्दा राम्रो तरिका – सँगै व्यायाम गर्नुहोस् ।
९. आफ्नो सर्टमाः अर्को अचम्मको कुरा के छ भने पुरुषहरुलाई आफ्नी महिला उनीहरुको सबैभन्दा मनपर्ने सर्टमा देखिएको हेर्न रुचाउँछन् । आफ्नी महिलालाई ठूलो भएको सर्ट पुरुषहरुलाई डिजाइनर लुक जस्तो लाग्छ ।
0 comments
Write Down Your Responses