२ सय वर्ष अघि मरेका भिक्षुको सरीर ‘योगा पोजमा’ जस्ताको तस्तै
२०७१ माघ १५ गते
झण्डै दुइ सय वर्ष पहिले मृत्यु भएको मानिसको शव योगा गरिरहेको पोजमा दुरुस्तै फेला परेपछि सबै आश्चर्यमा परेका छन् ।
१९ औँ सताब्दीको सुरुतिर मृत्यु भएका एक भिक्षुको शव दुरुस्त अवस्थामा मंगोलियामा फेला परेको छ ।झण्डै दुइ सय वर्ष पहिले मृत्यु भएको मानिसको शव योगा गरिरहेको पोजमा दुरुस्तै फेला परेपछि सबै आश्चर्यमा परेका छन् ।
जनावरको छालामा संरक्षित गरेर राखिएको ती भिक्षुको कमलाशनको शव मंगोलियाको सोंगिनोखैरखान प्रान्तमा केही दिनअघि फेला परेको हो ।
विधिविज्ञहरुले उक्त शव कम्तिमा पनि २ सय वर्ष पुरानो रहेको अनुमान गरेका छन् । त्यो शव कुन व्यक्तिको हो भन्ने कुरा खुलेको छैन । राजधानी उलानबटारमा लगि उक्त शवको विस्तृत परीक्षण तथा अनुसन्धान सुरु भएको बताइएको छ ।
स्मरण रहोस् थाइल्याण्डको कोह सामुइमा सन् १९७३ मा मृत्यु भएका एकजना भिक्षुको चस्मा लगाएको संरक्षित शव हाल पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ती भिक्षुको शव वाट खुनाराम मन्दिरमा शिशाको बाकसमा राखिएको छ ।
मंगोलियामा २ सय वर्ष पुरानो भिक्षुको शव फेला परेपछि त्यो झनै ठूलो आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ
.jpg)

0 comments
Write Down Your Responses