आयल निगम घेराउ गर्दै विप्लवले तोके नयाँ मूल्य





विप्लव माओवादीको नेवाः राज्य समितिले नारा जुलुस सहित निगमका कार्यकारी निर्देशकलाई ज्ञापन पत्र समेत बुझाएको हो । विप्लवको ज्ञापनपत्रमा विभिन्न राजनीतिक दवाव तथा दलालहरुको लालचमा नलागेर ग्याँसको सहज आपूर्तीको व्यवस्था गर्न तथा इन्धनको मुल्य आफैले लागु गरेको स्वचालित मुल्य वमोजिम लागु गर्न माग गरिएको छ ।



ज्ञापनपत्र बुझाउने क्रममा विप्लव माओवादीका नेताहरुले निगमले जनताका पक्षमा काम नगरेमा निगमका विरुद्ध नै कडा आन्दोलन चाल्ने चेतावनी दिएका थिए ।




माओवादीको नेवाः राज्य समितिले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका माओवादी कार्यकर्ता र समर्थकहरुसहित सुन्धाराबाट जुलुस निकालेको थियो । सुन्धाराबाट निकालिएको जुलुस, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला हुँदै बबरमहल पुगेको थियो ।

यसैबीच विप्लवले जारी गरेको विज्ञप्तिमा पेट्रोलको मूल्य प्रतिलिटर ४८ रुपैंया मात्र कायम गर्न माग गरिएको छ । त्यसैगरी डिजेलको मूल्य पनि घटाउनु पर्ने विप्लवको माग छ ।

,

0 comments

Write Down Your Responses