आज मिति वि.सं. २०७१ पौष ३० गते बुधबारको राशिफल

वि.सं. २०७१ पौष ३० गते बुधबार
तदनुसार ई. सं. २०१५ जनवरी १४
तारिख, माघ कृष्ण नवमी,
स्वाती नक्षत्र,
तुला राशिको चन्द्रमा,
धृति योग, तैतिल करण


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
कृषि, पशुपालन र दुग्धजन्य पेसामा संलग्न
व्यक्तिहरुले आज राम्रो आर्थिक लाभ गर्नेछन् ।
आज प्रायः सबैले प्रणयसम्बन्ध र
रतिरागका लागि समय छुट्याउने छन् । आनन्द र
रमणीयताका लागि समय र धन खर्च हुन सक्छ ।
व्यवसाय र पेसाबाट राम्रै प्रतिफल प्राप्त हुनेछ,
चिताएभन्दा बढी कमाउने योग छ ।
आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ घृणि सूर्याय नमः यस
मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विशेष ठाउँमा तपाईंको निर्णयको कदर हुनेछ ।
तर्क, बहस र वादविवादमा जीत हुनेछ ।
सहयोगीहरूले साथ दिनेछन् । कुनै
कुरामा विचलित नभई लक्ष्यप्राप्ति तर्फ उन्मुख
हुनु राम्रो हुन्छ । कार्यक्षेत्रमा अरुले
गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ,
संयमता अपनाउनु राम्रो हुनेछ ।
आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ बृं बृहस्पतये नमः यस
मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्राज्ञिक, बौद्धिक र
लेखनकार्यमा गरेको मिहिनेत खेर जान सक्छ ।
सन्तति पक्षको क्रियाकलापले
नैराश्यता उत्पन्न हुनेछ । बन्धुबान्धवले
तपाईंका नकारात्मक धारणालाई
बढावा दिनेछन् । खानपान र
मनोरञ्जनमा भुलिन सक्नुहुन्छ, तर पाचन
प्रणालीमा आएको खराबीले तपाईंलाई
निराश तुल्याउन सक्छ । आजका लागि शुभअङ्क
३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ गं गणपतये
नमः यस मन्त्रको कम्तीमा २१ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ ।
वैदेशिक रोजगारी गर्नेहरूले आज
घरायसी कुरा सम्झेर दिन बिताउने छन् ।
आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ
। छोराछोरीको स्वास्थ्य एवं
पढाइप्रति जिम्मेवारी बोध हुनेछ ।
मातापितासँगको सम्बन्धमा समेत
निराशा भाव आउनसक्छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु
पूर्व वा यात्रामा जानु अघि आज ॐ
कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मानप्रतिष्ठा र सामाजिक
मर्यादामा अभिवृद्धि हुनेछ ।
विगतमा भएका राम्रा क्रियाकलापको स्मरण
हुनेछ । आज दार्शनिक र आध्यात्मिक
विषयवस्तुप्रति आकर्षित हुनुहुनेछ ।
भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त
हुने सम्भावना समेत छ । व्यावहारिक र
सामाजिक जिम्मेबारी थपिनेछ ।
आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ सरस्वत्यै नमः यस
मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
स्वास्थ्यमा थोरै नकारात्मकता देखिनसक्छ,
मौसमी रोगबाट जोगिनु होला । भौतिक
साधनको किनमेल गर्दा लाभ हुने देखिंदैन ।
मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च हुनेछ ।
कुटुम्बपक्ष र दिदीबहिनीलाई सन्तुष्ट पार्न
धौधौ हुन्छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन
सकिने छैन । कार्यमा बिलम्ब हुनेछ ।
आजका लागि शुभअङ्क ४ र शुभरङ्ग
हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय
नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
नयाँ योजना कार्यान्वयन गर्न अझै अनुकूल समय
छैन । घरबाहिर जान वा वैदेशिक यात्रा गर्ने
योजना बन्नसक्छ । मनोरञ्जनका लागि मन
लालायित हुनसक्छ । प्राविधिक काम
वा व्यवसायिक
क्षेत्रमा दिक्कलाग्दो परिश्रम गर्नुपर्नेछ । अन्न
फलफूल आदि कृषिजन्य पेसा वा व्यवसायबाट
सोचेजस्तो लाभ लिन सकिंदैन ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने
कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु
अघि आज ॐ शं शनैश्चराय नमः यस
मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र
विलासितापूर्ण जीवन व्यतीत गर्न मन
लालायित हुनेछ । भोगविलास र शृङ्गारिक
सामाग्री खरिद गर्न धन खर्च हुनेछ ।
मातापिता र अभिभावक
वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ ।
घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु
पर्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग
सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ सों सोमाय
नमः यस मन्त्रको कम्तीमा ११ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानी घट्ने छ र उठ्नुपर्ने रकममा विलम्ब हुनाले
पारिवारिक तनावको सिर्जना हुनेछ ।
कृषि तथा पशुपालन र बन्दव्यापारमा समेत
फाइदा हुने देखिंदैन । गरेका कामबाट लाभ र जस
पाउन गाह्रो छ । श्रमको मूल्याङ्कन
नहुँदा मानसिक खिन्नता बढ्न सक्छ ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे
रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ हं हनुमते
नमः यस मन्त्रको कम्तीमा २३ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आफ्नो काममा तल्लीन हुनुपर्ने भएकाले आज
तपाईंले दिन बितेको पत्तो पाउनु हुन्न, तर
श्रमिक, पशुपालक र कृषकले आज
अलि बढी थाकेको अनुभूति गर्नेछन् । कतै
लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने
आज राम्रो त हुन्छ, तर बेलुकीपख मात्र सोच
बनाउनुहोला । बेलुकाको वास वा खानपीन
घरपरिवारभन्दा बाहिर हुने सम्भावना समेत छ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के
बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ कें केतवे
नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ
गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिक्क र झर्कोलाग्दो यात्राको सम्भावना छ
। चिताएको काममा सफलता आर्जन हुने छैन ।
मन नपरेका साथीभाइसित भेटघाट हुनुका साथै
तिनले अपमानित गर्नसक्ने सम्भावना छ ।
दाजुभाइ र दिदीबहिनीले
कामधन्दामा सहयोग गर्ने छैनन् । धन, धर्म र
भाग्यबलमा ह्रास आएको अनुभूति हुनेछ ।
आजका लागि शुभअङ्क ९ र शुभरङ्ग
गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ
नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप
गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यमा गडबडी भई दैनिक
कामकाजमा असर पर्ने योग छ । अनाहकमा अरुले
गरेका गल्तीको पनि सजाय भोग्नु पर्ने
अवस्था आउला । अनावश्यक यात्रा तथा गुप्त
र मानसिक रोगले सताउन सक्छ । आफूले
भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ ।
नातेदारले अपमानित तुल्याउन सक्छन् ।
आजका लागि शुभअङ्क ३ र शुभरङ्ग
गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व
वा यात्रामा जानु अघि आज ॐ अं
अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक
जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

0 comments

Write Down Your Responses