कांग्रेस एमालेसँग तालिम लिन हिटलरका मन्त्री आउँथेः बाबुराम भट्टराई



१५ माघ, काठमाडौं ।

एमाओवादीका नेता एवं संविधानसभा राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले कांग्रेस एमालेले झुटो प्रचार गरेको भन्दै तिखो आलोचना गरेका छन् ।




के प्रचार गरेका हुन् भन्ने नखुलाइकन बाबुरामले फेसबुकमा लेखेका छन् । कांग्रेस एमालेले हिटलका प्रचार मन्त्री ग्वेबल्सलाई समेत माथ गरेको टिप्पणी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्ः
"झुटो कुरा सय चोटि दोहोर्याएपछि साँचो लाग्न थाल्छ" भन्ने कुख्यात दुष्प्रचार सिद्धान्तको प्रतिपादक हिट्लरको प्रचारमन्त्री ग्वेबल्स अहिले जीवित भएको भए त्यो सिद्धान्तमा विद्यावारिधी हासिल गरेका नेपालका एमाले-कांग्रेसजनहरुसंग थप तालिम लिन नेपाल पो आउँथे कि?

जिवित भएको भए झुटो प्रचार गर्न कांग्रेस एमालेका नेताहरुसँग सिक्न ग्वेबल्स नै नेपाल आउन सक्ने उनको टिप्पणी छ ।

0 comments

Write Down Your Responses