काठमाडौं पुस ३०– यो हाम्रो देशका उद्योगमन्त्रिको फोटो हो । उनि दोस्रो संविधानसभामा दोस्रो भएको नेकपा एमालेका युवा नेता तथा हालका उद्योग मन्त्रि महेश बस्नेत हुन् । एमालेको भक्तपुर गुण्डु गाविसका अध्यक्ष हुदैं राजनीतिमा होमिएका उनलाई एकिकृत नेकपा माओबादीको युवा संगठन वाइसिएल नेपालको प्रतिरोध गर्न निमार्ण गरेका युथफोर्सको कमाण्डर बनाएका एमाले अध्यक्ष ओलीले एक वर्षभित्रै युवा संघकै अध्यक्ष बनाए । गुण्डागर्दी र अराजनीतिक चरित्रको आरोप लागिरहँका उनले दोस्रो संविधानसभामा भक्तपुर निर्बाचन क्षेत्र २ बाट चुनाब लडे । तर हारे । लगत्तै हालका अध्यक्ष ओलीले उनलाई एमाले महाधिबेशनमा केन्द्रिय सदस्यका उम्मेदवार बनाए । केन्द्रिय सदस्य पनि हारे ।
ओलीलाई एमाले अध्यक्ष जिताउन महत्वपुर्ण भुमिका निर्वाहा गरेका कुरा उनि आफैंले एमालेको आन्तरिक पक्तिं र बाहिर पनि बताउँदै आएका छन् । दोस्रो संविधानसभा पछि बनेको काग्रेंस–एमाले सरकारमा उनि मन्त्रि थिएनन् । एमाले महाधिबेशनपश्चात अध्यक्षमा केपी शर्मा ओली आएलगत्तै अर्का एमाले नेता तथा उद्योग मन्त्रि कर्ण थापालाई फिर्ता बोलाएर महेश बस्नेतलाई मन्त्रि बनाएको थियो । यो फोटो उनि युथफोर्सको अध्यक्ष हुँदाको हो । उनि स्वयंमले नेतृत्वको गरेको मशाल जुलुशमा प्रहरीले ‘मशाल नबाल्न’ आग्रह गर्दा उनि उनले बोकेको मशाल एक प्रहरीको टाउकोमा बजार्दै गरेको देख्न सकिन्छ । उनि अध्यक्ष भएको युथफोर्स र एमाले युवा संगठन पटकपटक बिवादमा पर्दै आयो । उनलाई कानुन मिचेको र अराजक गतिविधि गरेको आरोप लागिरह्र्यो ।
पूर्वका डन मानिएका परशुराम बस्नेत होउन् या धादिंगका चर्चित डन (जो प्रहरीबाट मारिए) दिनेश अधिकारी ‘चरी’ लाई उनले संरक्षण गरेको आरोप लाग्यो । केही हत्याकाण्ड तथा गोलीकाण्डमा समेत बस्नेत मुछिएको प्रहरीस्रोतको दावी छ । हाल उद्योग व्यावसायिहरुलाई यिनले पैसा मागेको आरोप उनिमाथि लाग्दै आएको छ । एमाले बृतमा समेत आलोचनाको पात्र बनिरहेका बस्नेतलाई पार्टीको आन्तरिक पक्तिंमा मन्त्रिबाट फिर्ता बोलाउने छलफल भएको समेत रातोपाटीलाई एमाले स्रोतले बतायो । छलफलमा बस्नेतले ‘मैले पैसा नउठाए ओलीलाई अध्यक्ष बनाउँदा खर्च गरेको १० करोड र चुनाबमा खर्च गरेको १० करोड कसले बेहोर्छ ?’ भनि प्रश्न गरेका छन् ।
उनको भनाई उल्लेख गर्दै स्रोत भन्छ ‘मेरो सम्पत्ति बेचेर पुग्दैन, पैसा नउठाए कसरी रिण तिर्ने ?’ हिजो मंगलबार मात्रै उनले बर्षौ काम गरेका संगठन प्ररारायुसंघले पत्रकार सम्मेलन गर्दै ‘बन्द हड्ताल तत्काल नरोके संगठनले प्रतिरोध गर्ने’ बतायो । उसको यो प्रतिरोध ३० दलिय मोर्चाको हड्ताल लक्षित थियो । उसो भए भन्नुस् मन्त्रि ज्यु यो फोटो अनुसार तपाई नैतिकताका आधारमा मन्त्रिबाट राजिनामा दिन सक्नुहुन्छ ? र मात्रै तपाईले कुनैपनि आन्दोलन या बन्द हड्तालको विरोध गर्ने नैतिक अधिकार रहन्छ ? कि सत्तामा पुग्दा यस्तो बुद्धी आउने र सत्ताबाहिर हुँदा हराउने हुन्छ हँ मन्त्रि ज्यु ? (फोटो स्रोतः फेसबुक ) -
0 comments
Write Down Your Responses