छोरी पाउन महिलाले गरिन् विज्ञापन, ४० वर्ष सम्मकाले आवेदन गर्न पाउने
२०७१ माघ १६
कुनैपनि महिलाले छोरी पाउन के गर्नुपर्ला ? गर्भाधारण वा धर्मपुत्री स्विकार । तर एक जना महिलाले भने छोरी पाउनका लागि खुल्ला विज्ञापन नै प्रकाशन गरेकी छिन् ।
घटना चीनको हो । पेशाले डाक्टर रहेकी र सम्पत्तिको रुपमा एउटा क्लिनिक र चारवटा घर समेत रहेकी एकजना महिलाले आफ्नो छोरी बन्नका लागि योग्य महिलाहरुलाई आवेदन आह्वान गरेकी छिन् ।
पुर्वी हेनान प्रान्तको झेंगझोउ सहरस्थित एक रोजगार केन्द्र नजिकै टाँस गरिएको उनको सार्वजनिक विज्ञापन अनुसार ती ६८ वर्षकी सन्तानवीहिन महिलाको छोरी बन्ने चाहना भएका ४० वर्ष मुनिका जो कोही ‘दयालु’महिलाले आवेदन गर्न सक्नेछन् ।
सन्तान नभएकी महिलाले बुढेशकालमा सहाराको लागि छोरीको विज्ञापन गरेको यो खबरलाई चिनिया सोसल मिडियामा निकै दुखद घटनाका रुपमा लिइएको छ ।
कतिपयले बुढी महिला हुनु निकै कठीन रहेको र अझ त्यसमा डाक्टर हुनु झनै कठीन रहेको बताएका छन् । मानिसहरुले अलिकति मायाको अपेक्षा गर्ने र ती महिलाले पनि सोही अपेक्षा गरेको भन्दै ती महिलाको सम्पत्तिको लोभ नगर्न कतिपयले आग्रह गरेका छन् ।
कतिपयले भने छोरीका लागि विज्ञापन गर्ने यस्तो शैलीको खिल्ली उडाएका छन् । पराइ महिलाले आफ्नो छोरीले जस्तो स्याहार गर्छ भन्ने विस्वास गर्न नसकिने कतिपयको तर्क छ ।
सामाजिक संजालमा केही पुरुषहरुले भने छोरी मात्र बनाउने हो की छोरा भएपनि हुने हो ? भनेर प्रश्न गरेका चिनिया वेबसाइटहरुलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।
.jpg)

0 comments
Write Down Your Responses