सलमान खानको मुद्धा सर्वोच्चले उल्ट्यायो
एजेन्सी ।
बलिउड अभिनेता सलमान खान तनावमा परेका छन् । सलमान खानलाई भारतीय सर्वोच्च अदालतले राजनस्थान उच्च अदालतको फेसला उल्ट्याउँदै सलमानलाई मुद्धा नयाँ ढंगले अघि बढाउने फैसला गरेको छ ।
सरकारी वकिलले हरिण मारेको मुद्धामा सलमानलाई दोषी ठहर गर्दै नयाँ सजाय सुनाउने मार्ग प्रशस्त गरेको हो ।
यस अघि राजस्थानको तल्लो अदालतले सलमानलाई हरिण मार्ने मुद्धामा दोषी ठहर गर्दै ५ वर्षको जेल सजाय सुनाएको थियो । तर त्यहाँकै उच्च अदालतले तल्लो अदालतको फैसला उल्ट्याउँदै सजाय दिन रोक लगाएको थियो ।
अव सलमानमाथि ५ वर्षको जेल सजाय समेत हुन सक्ने छ ।
सन् १९९८ मा एक फिल्म शुटिङका क्रममा सलमान र उनका साथीले एक हरिण मारेको मुद्धा परेको थियो । उक्त मुद्धामा सलमानले ५ वर्षको जेल सजाय भुक्तान गर्नु पर्ने छ ।
0 comments
Write Down Your Responses