सन्तुष्टिको अवाज निकालेर सेक्स गर्न अदालतको रोक





 काठमाडौँ । बेलायतकी एक महिलालाई अदालतले चिच्चाउँदै सेक्स नगर्न आदेश दिएको थियो । तर, उनले त्यस फैसलाको अवज्ञा गरेकी छिन् । सेक्स गर्दा उनी अहिले पनि बेस्कन चिच्चाउने गर्छिन् ।

क्यारोल कार्टराइट नाम गरेकी महिलाले अदालतको आदेशको अवज्ञा गरेकी हुन् । बेलायतको सन्डरल्यान्ड निवासी ५३ वर्षीया क्यारोल ३८ बर्षीय पतिसँग सेक्स गर्दा खुव होहल्ला गर्ने गर्थिन । उनी यति चर्को स्वरमा

आवाज निकाल्थिन कि छिमेकीलाई समेत डिस्टर्ब हुन्थ्यो । रातभरी चर्को स्वरमा छरछिमेकीलाई बाधा पुर्‍याएपछि अन्तत: उनीहरुले प्रहरीमा उजुरी गरे । उनीमाथि समाजविरोधी व्यवहार गरेको आरोपमा मुद्दा दायर भयो । सन् २०१० मा अदालतले क्यारोललाई सेक्स गर्दा सन्तुष्टिको आवाज निकाल्ने अधिकार भए पनि होहल्ला गरेर अरुलाईै डिस्टर्ब गर्ने अधिकार नभएको भन्दै उनलाई ठूलो आवाज ननिकाल्न आदेश दिएको थियो ।

तर, उनको व्यवहारमा कुनै परिवर्तन आएन । पहिलेजस्तै आवाज निकाल्न थालेपछि क्यारोल दाम्पत्तिलाई सचेत पार्न प्रहरी टोली पाँचपटक उनीहरुको घर पुगिसकेको छ । अदालतको आदेश अवज्ञा गरेको भन्दै पटकपटक जेल हालिएको छ । तर, पनि उनी सुध्रिएकी छैनन् । ‘मानिसहरु मलाई किन शान्त होऊ भन्छन्, थाहा छैन’, क्यारोलले भनिन्, ‘म शान्त नै त छु नि । सेक्समा हल्का आवाज त सबैले निकाली हाल्छन नि । राति अरुलाई डिस्टर्ब होला भनेर मैले बिहानीपख सेक्स गर्न थालें । यत्रो त्याग गर्दा पनि मेरा छिमेकीलाई पुगेन ।’ सम्भोगमा शरीर र मनलाई आफ्नै लएमा टोडिदिनुपर्ने आफ्नो धारणा रहेको उनले बताइन ।-शुक्रबार साप्ताहिक


0 comments

Write Down Your Responses