बन्दुक भिरेर हिँड्छन् डन घैंटे
January 29, 2015
काठमाडौं,माघ १५ – डनहरुका पनि अनेक शोख हुन्छन् । कोही मोबाईलका, कोही लगाउने कपडाका, कोही गाडीका त कोही घडीका शौखिन छन् । तर, गुण्डा नाइके कुमार श्रेष्ठ उर्फ घैंटे भने हतियारमा शौखीन छन् । कहिले नेपाली सेनाले प्रयोग गर्ने मेसिनगन त कहिले कम्बरमा पेस्तोल भिरेर उनी आफूलाई हतियारको शौखीन भएको पुष्टि गर्छन् ।
डन घैंटे
प्रहरी ईन्काउन्टरमा डन दिनेश अधिकारी ‘चरी’ मारिनु तथा अर्का टेण्डरे गुण्डा रमेश बाहुन भनिने सुजन पौडेल जेलमा परेपछि प्रहरीको हिटलिस्टमा रहेका घैंटे पक्राउ नर्पनुले उनलाई ठूलै शक्तिको संरक्षण रहेको पुष्टि हुन्छ । कसैले फेसबुकमा नक्कली हतियार बोकेको फोटो राख्दा पक्राउ गरेर दुनिया“लाई दुःख दिने प्रहरी घैंटेले सार्बजनिक गरेको सक्कली तर अबैध हतियारको बारेमा प्रहरीले चासो नदिनु नै ठूलै रकमको चलखेल भएको प्रहरी भित्र चर्चा छ ।
युनाइटेड पोष्ट लेख्छ – पा“चबर्ष अघि दरबारमार्गमा अमित लामामाथि गोली प्रहार गरेपछि लाजिम्पाटको होटल शंकरबाट पक्राउ परेका घैंटे १५ महिनाको जेल जीवनपछि रिहा भएका थिए ।
पक्राउ गर्न गएका प्रहरीलाई हतियार तेस्र्याएपछि उनलाई प्रहरीले तिघ्रामा गोली प्रहार गरेर नियन्त्रणमा लिएको थियो । हतियारसहित पक्राउ परेकालाई ३ वर्षदेखि ६ वर्षसम्म कैद वा ७५ हजारदेखि तीन लाखसम्म जरिवाना वा दुवै गर्न मिल्ने कानुन प्रावधान छ । तर, राजनीतिक संरक्षणका कारण उनी ७५ हजार जरिवानामा छुटेका थिए । घाईते लामाले घैंटेले गोली नचलाएको भन्दै अदालतमा बकपत्र गरेपछि उनी जेलमुक्त भएका थिए । पछिल्लो समय गुण्डागर्दी विरुद्ध प्रहरी आक्रमक बनेपछि उनी कहिले भारत त कहिले हङकङमा बस्दै आएका छन् ।
.jpg)

0 comments
Write Down Your Responses