वि.सं.२०७१ साल माघ १५ गते। बिहिबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाजुभाइबाट सहयोग पाइनेछ। आम्दानी वृद्धि हुनेछ। मनमा आनन्द बढ्नेछ।
वृष

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
व्यापारमा अवरोध देखा पर्ला। पतिपत्नीबीच प्रगाढ सम्बन्ध रहनेछ। कार्यमा सन्तुष्टि मिल्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
धार्मिक कार्यमा मन लाग्नेछ। मनमा उत्साह बढ्नेछ। वैदेशिक यात्राको योग छ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सवारीसाधन किनबेच हुनेछ। टाढिएका साथीभाइसँगको भेटघाटले मन खुसी हुनेछ। स्वास्थ्यमा समस्या देखा पर्ला।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक कार्यमा खर्च बढ्नेछ। आय आर्जनका स्रोतहरू पत्ता लाग्नेछन्। पारिवारिक सुख मिल्नेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा सफलता मिल्नेछ। मानप्रतिष्ठा बढ्नेछ। व्यापारमा सुधार आउनेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमीप्रेमिकाबीच प्रगाढ सम्बन्ध हुनेछ। साहित्यमा रुचि बढ्नेछ। परिवारको सहयोग पाइनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
जागिरमा मानसम्मान पाइएला। आम्दानी वृद्धि हुनेछ। साथीहरूले धोका दिनेछन्।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
मनमा चञ्चलता बढ्नेछ। पेट सम्बन्धी समस्याले सताउला। कार्यमा रुचि बढ्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
व्यापारमा रुचि बढ्नेछ। रमाइलो यात्रा होला। मान्यजनको सहयोगमा काम बन्नेछ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
मन चञ्चल हुनेछ। आम्दानी बढ्नेछ। स्वास्थ्यमा समस्या देखा पर्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कार्यमा उत्साह बढ्नेछ। अचल सम्पत्ति खरिदबिक्री हुनेछ। यात्रामा सफलता मिल्नेछ।

0 comments

Write Down Your Responses