खुकुरी देखाएर २७ लाखको रुद्राक्ष लुटपाट
कुविक एनपी न्युज
धनकुटा, माघ १६ : धनकुटाको अर्खौले जितपुरमा गए राती नकावधारी हतियार सहितको लुटेरा समुहले ३० लाख बरावरको धनमाल लुटपाट गरेको छ ।
अर्खौलेजितपुर गाविस–६ आन्द्रुङ्गका नारायण भनिने शिवशंकर लिम्बुको घरबाट नकावधारी लुटेरा समुहले राति १० बजे नगद ३ लाख र २७ लाख वरावरको बहुमुल्य रुद्राक्ष लुटपाट गरेका हुन् । घरमा आमा–छोरी मात्र भएको वेला करिव १०/१२ जनाको समुहमा आएको नकावधारी हतियार सहितको लुटेरा समुहले पेस्तोल र खुकुरी देखाउँदै नगद र रुद्राक्ष लुटपाट गरेको प्रहरीले जनाएको छ ।

रुद्राक्षको ब्यापार गर्दै आएका लिम्बुको घरमा रहेको २ देखि १९ मुखेसम्मका बहुमुल्य रुद्राक्ष लुटेराहरुले लगेका छन् । गुहार माग्ने क्रममा लिम्बुकी आमा र बहिनीलाई कुटपीट गरेर लुटेराले २ सेट मोवाइल पनि लगेको छिमेकी युवराज पौडेलले जानकारी दिए ।
जितपुर प्रहरी चौकीबाट गएराति नै घटनास्थलमा प्रहरी पुगेको भएपनि लुटेरा समुहको पहिचान हुन सकेको छैन ।
उक्त घटना पश्चात आजै विहानै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट डिएसपी ध्रुवराज राउतको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी प्रदिपकुमार श्रेष्ठले बताए ।
अहिले जिल्लाका सिमावर्ती क्षेत्र लगायत आसपासका सवै क्षेत्रमा प्रहरी परिचालन गरेर लुटेराको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । सोही स्थानमा पाँच दिन अगाडी मात्र एक बालिकालाई अज्ञात समुहले आक्रमण गरी गम्भीर घाईते बनाएका थिए ।

.jpg)

0 comments
Write Down Your Responses