अख्तियारको पुरै टोलीलाई नै खोरमा लगेर थुन्ने ६ घुस्याहा प्रहरीको जागिर चट
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई तीन घण्टा बन्दी बनाउने बाँकेका प्रहरी नायब निरीक्षक सइ सुमन खरेलसहित ६ घुस्याहा प्रहरी निलम्बनमा परेका छन् ।
२५ हजार घुस लिदै गर्दा शुक्रवार राति सई खरेललाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो । पक्राउ परेका सई खरेलको टोलीले उल्टै अख्तियारको टोलीलाई तीन घण्टा बन्धक बनाएका थिए ।
यसरी अख्तियारको काममा अबरोध पुर्याउने सादा पोसाकका ६ घुमुवा प्रहरी निलम्बन गरिएको अंचल प्रहरी कार्यालय भेरीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रमान श्रेष्ठले जानकारी दिए।
चोरी मुद्दाका अभियुक्तहरुलाई छुटाउन सहयोग गर्ने प्रलोभन दिई जिल्ला प्रहरी कार्यालय बाकेमा घुमुवा प्रहरीको रुपमा कार्यरत खरेल ले अभियुक्तका आफन्तलाई नेपालगन्जको धम्बोझीस्थित क्रसरोड रेष्टुरेन्टमा बोलाई २५ हजार घुस लिदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।
.jpg)

0 comments
Write Down Your Responses