लागु औषध, धुम्रपान र मध्यपानको लत छुटाउन सहयोगी एप, साइट र ब्लग


२०७१ माघ
विज्ञान वास्तवमा वरदान नै हो । यदि यसको गलत प्रयोग गरिएमा मात्रै यो अभिसाप बन्दछ । वास्तवमा विज्ञान प्रविधि अहिले मानव जिवनको अभिन्न हिस्सा बनिसकेको छ । एकअर्कासँग कुराकानी गर्ने, सन्देश प्रेषण गर्ने तथा विश्वका जुनसुकै कुनामा रहेका अनेक जानकारीहरु प्रविधिकै माध्यमबाट एक क्लिकमै प्राप्त गर्न सम्भव बनेकेा छ आज ।
अब त आफ्नो व्यक्तिगत स्वास्थ्यको चेकजाँच समेत प्रविधिकै सहाराबाट गर्न सकिन्छ । मध्यपान, लागुऔषत तथा धुम्रपानको कुलतबाट छुटकारा पाउनका लागि समेत आधुनिक सूचना प्रविधि सहयोगी बन्न थालेको छ ।

के तपाइँ आफ्नो धुमपान र मध्यपानको लत छुटाउन चाहनुहुन्छ ? त्यसोभए यहाँ केही मोबाइल एप तथा वेबसाइटहरुको बारेमा उल्लेख गरिएको छ जो तपाइँको लत छुटाउनका लागि सहयोगी बन्न सक्छन्-

नामैबाट थाहा हुन्छ, यो एपले तपाइँको चुरोट पिउने आदत छुटाउन सहयोग गर्छ । यसले धुमपानको लतमाथि लगातार निगरानी राख्ने तथा समय समयमा मोबाइलमा नोटिफिकेसनका माध्यमबाट अलर्ट समेत गराउँछ । यो एपले धुमपान छाड्दा हुने पैसाको बचतको हिसाब समेत गर्छ । यो एपका माध्यमबाट आफुले चाहेको ग्रुपमा आबद्ध हुन समेत सकिन्छ । एन्ड्रोइड स्मार्टफोनमा यो एपलाई निशुल्क डाउनलोड गर्न सकिन्छ ।

अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले गरेको अनुसन्धानपछि यो एपको निर्माण गरिएको हो । यसले धुमपान तथा मानिसको मूडको विश्लेषण गरि अपडेट उपलब्ध गराउँछ, जसबाट धुमपान छाड्न सहयोग मिल्छ । यो एपमा रहेका जानकारीहरु धेरै वैज्ञानिक तथा उपयोगी छन् । एप्पलको आइओएसमा यो एप उपलब्ध हुन्छ । यो एप डाउनलोड गर्दा केही शुल्क समेत तिर्नुपर्छ ।

,

0 comments

Write Down Your Responses