एउटा गाईले पायो ४ वटा बाछा

विराटनगर, माघ २५
विराटनगर ११ स्थित गुना यादवको गाईले चारवटा बाच्छा पाएको छ ।

 आज दिउँसो १ बजेतिर घरमा पालिएको गाईले ती बाच्छा पाएको हो ।


 चारमध्ये एउटा बाच्छो भने मरेको छ । अरु तीनवटा बाँचेका छन् ।

यादवको घर पुग्ने कतिपयले गाईलाई पूजाआज गर्न थालेका छन् ।
चारवटा बाच्छा पाएपछि यादवको घरमा हेर्नेको घुइँचो लागेको छ ।

यादवले भने,‘तेस्रो वेतमा गाईले चारवाट बाच्छो पायो अचम्मै भयो ।
यसअघि हरेक वर्ष एकएक बाच्छामात्र पाउँदै आएको थियो ।’

गाइ गाभिन भएयता पहिलेको भन्दा पेट भने अलि ठूलो देखिएको यादव ले बताए ।

तस्विर स्रोतः अन्नपूर्ण पोष्ट **

0 comments

Write Down Your Responses