गगन थापाले प्रचण्डपुत्र प्रकाशलाई भने ‘कहिल्यै नसुध्रिने भए सानो दाहाल’

उनको निसाना भट्टराईबाट नेपाली कांग्रेसका नेता तथा सभासद् गगन थापातिर सोझिएको छ । आफूविरुद्ध गलत स्ट्याटस लेख्न थालेपछि थापाले भन्न थालेका छन्, ‘सानो दाहाल कहिले सुध्रिने भएनन् ।

‘हुन त सानो दाहालजीको यस्तो कामको सन्दर्भमा कुनै प्रतिक्रिया व्यक्त गरिराख्नुनपर्ने हो । तर, ठाउँठाउँमा लन्डनबाट कहिले आएको भन्ने प्रश्नको जवाफ दिन दिक्क लागेर यहाँ लेख्ने जमर्काे गरेको हुँ,’ थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘एमाओवादीकै नेताले कहिले लन्डनबाट आउनुभयो भन्दै सोध्न थाल्नुभएको छ, गलत मनसायबाट सानो दाहालले स्ट्याट्स लेखेछन् ।’


काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग एक समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको लामो फेसबुक जुहारी चल्यो । सामाजिक सञ्जालमा छाइरहने भट्टराईका स्ट्याटसमा कडा र आपत्तिजनक कमेन्ट लेख्न थालेपछि प्रकाशलाई भट्टराईले फेसबुकबाट ब्लक नै गरे । तर पनि प्रकाश दाहाल चुप लागेर बसेका छैनन् । उनको निसाना भट्टराईबाट नेपाली कांग्रेसका नेता तथा सभासद् गगन थापातिर सोझिएको छ । आफूविरुद्ध गलत स्ट्याटस लेख्न थालेपछि थापाले भन्न थालेका छन्, ‘सानो दाहाल कहिले सुध्रिने भएनन् ।’
०७० साउनमा थापा लन्डन पुगेका थिए । त्यहाँ उनकाविरुद्ध केही कार्यकर्ताले नाराबाजी गर्दै कालो झन्डा पनि देखाएका थिए । तर, प्रचण्डपुत्र प्रकाशले केही समय पहिले मात्र थापा लन्डन पुगेको र त्यहाँ उनको चर्काे विरोध भएको स्ट्याटस आफ्नो फेसबुक पेजमा राखेका थिए । प्रकाशले आफ्नाबारे अनावश्यक स्ट्याटस लेख्न थालेपछि सभासद् थापाले आक्रोश पोख्न थालेका हुन् ।  ‘हुन त सानो दाहालजीको यस्तो कामको सन्दर्भमा कुनै प्रतिक्रिया व्यक्त गरिराख्नुनपर्ने हो । तर, ठाउँठाउँमा लन्डनबाट कहिले आएको भन्ने प्रश्नको जवाफ दिन दिक्क लागेर यहाँ लेख्ने जमर्काे गरेको हुँ,’ थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘एमाओवादीकै नेताले कहिले लन्डनबाट आउनुभयो भन्दै सोध्न थाल्नुभएको छ, गलत मनसायबाट सानो दाहालले स्ट्याट्स लेखेछन् ।’
केही समयअघि कलाकार हरिवंश आचार्यको पुस्तक चिना हराएको मान्छेको चर्चाका बेला प्रकाश सामाजिक सञ्जालमा विना हराएको मान्छेको रुपमा चर्चित थिए । उनी सामाजिक सञ्जाल फेसबुकबाट कुनै न कुनै चर्चाको मेलो रोज्ने गर्छन् । केही समय अघि पत्रकार रविन्द्र मिश्रविरुद्ध पनि उनी फेसबुकमा जुटेका थिए ।
हाल प्रकाशको निसानामा एमाले अध्यक्ष केपी ओली र गगन थापा परेका छन् ।

0 comments

Write Down Your Responses