आज मिति २०७१ साल माघ २१ गते बुधवारको राशिफल

मेष (चू चे चो ला ली लु ले लो अ)

आजको दिन अपेक्षाकृत शुभ रहेको छ । विवादित कुरामा हात नहालेको बेस हुनेछ । आत्मियजनसँग भालाकुसारीको योग रहेको छ । ब्यापार नाफामूखी हुनेछ । विवादकाबीच गरेको कामले सार्थक नतिजा दिनेछ । आफन्तहरु प्रभावित बन्ने छन् ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

व्यापारिक प्रयोजनका लागि गरिने हर कोशिसले सार्थकता पाउने छ । आत्मियजन तपार्इंको सहयोगका लागि सहयोगी हात लिएर आउने छन् । पढाइ लेखाइमा मन लाग्ने छ । मितेरी सम्बन्ध अझ प्रगाढ हुने देखिएको छ । परायहरु आफन्त बनेर आउने छन् ।


मिथुन (का कि कु घ ङ छ के को हा)

आर्थिक काम बिना रिक्स गर्नुपर्ला, अन्यथा लगानी गुम्ने योग रहेको छ । शिक्षामा खुलेरै लगानी गर्ने बेला आएको छ । परिवार र समाजको प्रतिष्ठाका लागि पनि सकारात्मक पहल कदमी लिनु पर्ला । परिवार भन्दा बाहिरका मान्छे सहयोगी बनेर आउने छन् ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

अरुको भलो चाहँदा कुभलो गरेको आरोप आउने समय छ, सोचेर काम गर्नु होला । दिनको पूर्वार्ध सोचे जस्तो हुने छैन, स्वास्थ्य र आर्थिक कारणले चिन्ता दिनेछ । काममा ढिला सुस्ती हुनेछन्, तर दिनको मध्यबाट ग्रहको शुभ फल पाइने छ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

खासगरी पारिवारिक सम्बन्धमा समस्या देखिएला । प्रेम सम्बन्धको कारण मानसिक तनाव खेप्नुपर्ला । साहित्य कला आदिमा भने भरपुर फाइदा लाग्ने बेला छ । व्यक्तिगत स्वार्थ तपाईको नैतिकतामा दाग लगाउने वाला छ विचारपूर्वक काममा हात लगाउनु होला ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

केही महत्वपूर्ण काम बिग्रने खतरा छ । व्यापार घाटामा जाला । सम्मान प्रतिष्ठामा ह्रास आउने एवम् अरुको हितमा लाग्न नसक्नु चिन्ताको बिषय बन्ने छ । मेसिनरी बस्तुको प्रयोगमा सावधान रहनु होला, घात हुने योग छ । बैदेसिक काम भने बन्ने छ ।


तुला (र री रु रे रो ता ती तू ते)
समय आफ्नो अनुकूल रहेको छ । परिवारमा शुभ कार्यको थालनी होला , आफन्तबाट शुभ समाचार सुन्न पाइएला । मनमा केही गर्ने उत्साह र जाँगर बढ्ने छ । बौद्धिक व्यक्तित्वसँग भलाकुसारी गर्ने मौका छ, सत्संगमा जानु होला । जागीरमा पदोन्नती हुने योग रहेको छ ।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आफ्नो प्रयासबाट भएको काम सफल हुनेछ । अरुलाई दोष दिनुपूर्व आफ्ना कमजोरी अध्ययन गर्नुपर्ने छ । रमणीय स्थान अवलोकन गर्ने मौका मिल्ने छ । आफ्ना कमजोरीका बावजुद अघि बढ्न गाह्रो पर्ने छैन । केही सफनाहरु विपना रुपमा आउने छन् ।


धनु (य यो भा भी भू ध फा ढ भे)
काममा परिपक्वता आउने छ । अरुको सिको गरेर भए पनि तपाईका कामना शिद्ध हुनेछन् । आर्थिक कारोवार सोचे अनुसारै बढ्ने छ । मित्रको सहयोग मिल्ने छ । अभिभावक तपाईका मार्गदर्शक बनेर सहयोग गर्ने छन् । नयाँ कुराले उत्साहित बनाउने छ ।


मकर (जो जा जी खी खू खे खो गा गी)
आर्थिक पक्ष कमजोर हुनेछ । सानो रकमले काम रोक्किन सक्छ । विश्वास गरेका मान्छेबाट असहयोग हुनु टाउको दुखाइको विषय बन्ने छ । ठुलो लगानी नगरेको बेस होला, डुब्ने खतरा रहेको छ । जस भन्दा अपजस बढी खेप्नु पर्ने अवस्था छ ।


कुम्भ (गू गे गो सा सी सु से सो द)
आपसी तालमेलका कुरामा विश्वास बढ्ने छ । मित्रजन प्रतिसोधी भएर आएपनि अन्त्यमा तपार्इको पक्षमा हुनेछन् । सामाजिक काममा गरेको लगानी खेर जाने छैन । तपाईका प्रशंसकहरु बढ्ने छन् । केही रचनात्मक काममा लागिने छ ।


मीन (दि दू थ भ ञ दे दो चा ची)
अचानक धन गुम्ने खतरा रहेको छ । लेनदेनमा विवाद आउन सक्छ । बिगतका घटनाले मर्माहत बनाउने छ । ब्यापार सोचे जस्तो नभए पनि केही दीर्घकालिन सोचका काम भने पुरा होलान् । शरीरमा चोट पटकादी भय रहेको छ । मितेरी सम्बन्ध कमजोर बन्ने छ ।

0 comments

Write Down Your Responses