लाइसेन्स र चालक नचाहिने कार

विज्ञानले आजभोलि चमत्कारको वर्षा गरिरहेको बेला गुगलले एउटा नयाँ प्रविधिको विकास गरेको छ।गुगलले निकालेको यो प्रविधिलाई "ड्राइभरलेस कार" अथवा "चालकविहिन कार" भनिन्छ।

वर्षौको अध्ययन र अनुसन्धानबाट गुगल कम्पनिले यस्तो कारको विकास सम्भब पारेको छ।

नाम सुन्दै अचम्म लाग्ने यो कार साँच्चै नै कुनै पनि चालक बिना गुड्दछ।


गत बुधबारबाट ब्रिटिस मन्त्रीद्वारा सार्वजनिक सडकमा यो कारको परीक्षण गरिएको र ६ महिनासम्म यसको अनुसन्धान गरिने भएको छ।


यो चालक विहिन साधन प्रयोग गर्नको लागि लाइसेन्सको आवश्यकता नभएको पनि ब्रिटिस मन्त्रीले खुलस्त गरेका छन।


यो प्रविधिबाट विशेषतः महिलाहरूलाई लाभ हुने अपेक्षा गरीएको छ।
अपाङ्ग, वृद्ध र बालकहरूलाई पनि सम्भवतः यो प्रविधिले फाइदा गर्ने आशा गरिएको छ।
आफ्नो बच्चाहरूलाई अभिभावक बिना नै घरबाट रोबो-कारमा राखेर विध्यालयसम्म छोड्न र घर फिर्ता ल्याउने काम पनि यो कारले गर्न सक्छ।

ब्रिटिसको परिवहन मन्त्री क्लेयर पेरीले भने, "मेरो एउटा चालकविहिन सवारी साधनको योजना छ जहाँ आफ्नो बच्चालाई विध्यालय जाँदै गरेको र विध्यालयबाट फर्किँदै गरेको देख्न पाईयोस्।"

व्यवहारिक, सुरक्षा र कानुनी विषयहरूमा यो प्रविधिको सम्भाव्य बुझ्नको लागि गत बुधबारबाट ६ महिनाको लागि अनुसन्धान गर्ने मन्त्रीद्वारा घोषणा भयो।


विकसित देशहरूमा यस्ता अनौठा प्रविधि भित्रिसकेको छ तर गुगलको ड्राईभरलेस कार भने नेपालमा कहिले भित्रिने हो, यो भविष्यले नै बताउला।

0 comments

Write Down Your Responses