२० माघ, काठमाडौं ।
प्रधानमन्त्री सुशील कोईरालाले ६५ औं राष्ट्रिय प्रजातन्त्र दिबसको भव्यताका साथ मनाउने तयारी गर्न निदेशन दिएका छन् । मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको ६५ औं राष्ट्रिय प्रजातन्त्र दिबस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री कोईरालाले प्रजातन्त्र दिबसको तयारीमा जुट्न मातहतका कार्यालयलाई निर्देशन दिएका हुन् ।
बैठकले ६५ औं राष्ट्रिय प्रजातन्त्र दिबस मनाउनका लागी २३ सदस्यीय आयोजक समिति गठन गरेको छ भने २३ सदस्यीय प्रचार प्रसार उप समिति गठन गरेको छ । त्यस्तै ८ सदस्यीय मञ्च सजावट तथा मञ्च व्यबस्था उपसमिति तथा १३ सदस्यीय ग्राउण्ड कवाज व्यायम व्यबस्थापन उपसमिति गठन भएको छ । दिबस तीन दिन मनाउने सरकारको तयारी छ ।
पहिलो दिन सरसफाई , राष्ट्रिय झण्डा एवं व्यानर सजाइ गर्ने बैठकले निर्णय गरेको छ । त्यस्तै फाल्गुन ७ गते सुर्योलयकासाथ सेनाद्धारा भिमसेन स्तम्भबाट बिगुल बजाउने त्यही दिन सेनाद्धारा तोप र बन्दुकको बढाइ गर्ने र प्रधानमन्त्रीबाट शुभकामना सन्देश दिने तय भएको छ ।
त्यस्तै प्रजातन्त्र दिबसका दिन सैनिक मञ्चमा बिशेष समारोह गर्ने सरकारले निर्णय गरेको छ । दिबसको अन्तिम दिन चित्रकला प्रर्दशनीको अयोजना गर्ने जनाईएको छ । दिबसका अबसरमा तीन दिन नै साझ दिपावली गर्न समेत बैठकले आग्रह गरेको छ ।
सेनालाई तोप र बन्दुक तयार पार्न निर्देशन
0 comments
Write Down Your Responses