तीनकुने दुर्घटनाका पीडित भन्छन्-न्याय पाएनौं

०७१ फागुन २३ गते
२३ फागुन, काठमाडौं । तीनकुने दुर्घटनाका पीडितहरुले न्याय नपाएको गुनासो गरेका छन् । प्रहरी प्रशासनले पनि आफूहरुको मुद्दामा चासो नदिएको उनीहरुको आरोप छ ।


शनिबार तिनकुने प्रहरी कार्यालयमा भेला भएका मृतकका आफन्तहरु
गत मंगलबार नेपाल आयल निगमको तेल बोक्ने ना २ ख २७३५ नम्बरको ट्यांकरले तीनकुनेमा ठक्कर दिँदा बा ५२ प ५८२४ नम्बरको मोटरसाइकलमा सवार काभ्रेकी हिरामाया लामाको मृत्यु भएको थियो । मोटरसाइकल चालक हिरामायाका श्रीमान गणेश घाइते भएका थिए ।

दुर्घटनापछि मृतकका आफन्त दिनहुँजसो तिनकुने प्रहरीमा धाइरहेका छन् । शनिबार पनि प्रहरी कार्यालयमा आएका मृतक हिरामायाका भान्जा मोहनले अनलाइनखबरसँग भने, ‘नत ट्यांकरको कोही प्रतिनिधि आउँछ, न त प्रहरीले उपस्थित गराउँछ । हामीलाई त साह्रै अन्याय भयो ।’
प्रहरीले समितिलाई बोलाउने काम हाम्रो होइन भनेर जवाफ दिने गरेको लामाले बताए । उनले राहत तथा क्षतिपूर्ति आफूहरुले मागे पनि सुनुवाई नभएको बताए । लामाले भने, ‘हामीले मार्ने होइन, पिट्ने होइन, मिलौं मात्र भनेका छौं, तर कसैले कुरा सुन्दैन ।’

0 comments

Write Down Your Responses