आजको राशिफल : आज मिति वि.सं. २०७१ फाल्गुन २५ गते सोमबार


चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शारीरिक स्फूर्ति बढ्नुका साथै शत्रुमाथि विजय प्राप्त हुनेछ। समाजसेवाको अवसर प्राप्त होला। हर्ष बढ्नेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
पारिवारिक सम्बन्धमा सुधार भए पनि साथीभाइको सहयोग नमिल्नाले मन खिन्न हुनेछ। रमाइलो यात्रा गर्ने योग छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिताको अवसर मिल्नेछ। सामाजिक नेतृत्व शक्तिको विकास हुनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक कार्यमा खर्च गर्नुपरे पनि प्रियजनसँग मिलन हुनेछ। खानपानमा विचार पुर्‍याउनुपर्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तजनको सहयोगले कार्य सफल हुनेछ। सन्तानसुख प्राप्त हुनेछ। विद्यार्थीमन लागि दिन राम्रो छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
विशिष्टजनको सहयोग मिल्नेछ। अध्ययनअध्यापनमा मन जाने छैन। धार्मिक कार्य गर्ने अवसर भने मिल्नेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
मन चञ्चल हुनेछ। विपरीत लिंगीप्रतिको आकर्षण बढ्नेछ। व्यापारिक कार्यमा परिवर्तन आउनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कार्य सफलताले मनमा उत्साह बढ्ने भए पनि मध्याह्नपछि खर्च बढ्नेछ। स्थान परिवर्तनको योग छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
पतिपत्नीबीच सद्भाव बढ्नेछ। छातीमा समस्या आउन सक्छ। सन्तान सुख प्राप्त हुनेछ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
दैनिक कार्यमा आफन्तको सहयोग प्राप्त हुनेछ। अध्ययनअध्यापनमा सुधार आउनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
अध्ययनअध्यापनमा प्रगति हुनेछ। वैदेशिक यात्रामा विवाद उत्पन्न हुनसक्छ। भाग्योदयको समय छ। कार्य सफल हुनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
शारिरीक सौन्दर्य वृद्धि हुनेछ। अचल सम्पत्ति कारोबारमा प्रशस्त लाभ हुनेछ। शत्रुहरू बढ्नेछन्।

0 comments

Write Down Your Responses