मलेसियामा मृत्यु भएका यी नेपाली को हुन ?

१२ चैत, क्वालालम्पुर । मलेसियाको सेरडाङ अस्पतालमा एक नेपालीको शव अलपत्र अवस्थामा रहेको छ ।


मृतकको शव पहिचान नभएपछि अस्पतालमै अलपत्र अवस्थामा रहेको छ ।सेरडाङमा रहेको प्रहरी चौकीले मृत्यु भएका युवक नेपाली भएको भन्दै नेपाली दुतावासलाई जानकारी गराएको छ । मृतक नेपालीको टाउकोमा गम्भीर चोट छ ।

नेपाली युवकको शव सडक किनारामा देखेको र उक्त ब्यक्ति नेपाली भएको भनी केही नेपालीले वयान दिएको आधारमा प्रहरी चौकीले मलेसियास्थित नेपाली दुतावासलाई जानकारी गराएको हो ।नेपाली दुतावासले सूचना जारी गर्दे कसैले चिनेको खण्डमा तत्काल दुतावासमा जानकारी दिन आग्रह गरेको छ । मृतकको पहिचान खुलेपछि मात्रै उद्दार प्रकृयामा लाग्न सजिलो हुने दुतावासले जनाएको छ ।

0 comments

Write Down Your Responses