यी मानिसहरु विगत ५५ वर्षदेखि गाडिएका थिए हिउँभित्र

मेक्सिको, फागुन २४ – मेक्सिकोको एक पहाडमा दुई लास जमेको अवस्थामा पाइएको छ । यी दुई लासलाई ती पर्वतारोहिहरुको बताइएको छ जो ५५ वर्ष पहिले मेक्सिकोमा आएका थिए ।




गत सोमबार मेक्सिकोको सबैभन्दा अग्लो पहाड पिसो दे ओरीजाबामा एक लास पाइएको थियो ।


खबरका अनुसार १२ पर्वतारोही जब यो लासलाई निकाल्नका लागि त्यहाँ पुगे तब उनीहरुले अर्को लासलाई पनि भेटे ।

 स्थानीय अधिकारीहरुले ५५ वर्ष पहिले भएको हिमपहिरोमा दुबै पर्वतारोहिहरुको मृत्यु भएको अनुमान गरेका छन् । 

यहाँबाट निकालिएपछि उनीहरुको शवको डिएनए टेस्ट गराइने बताएको छ ।

0 comments

Write Down Your Responses