आजको राशिफल : आज मिति , २०७१ साल, फागुन २४ गते आईतवार

मेष (चू चे चो ला ली लु ले लो अ)

आतिथ्यता पाइने छ । आत्मबल कमजोर रहला । बिवादित मुद्दा अरु पेचिला हुनेछ । अपत्यारिलो कुराले पीडा दिनेछ । आत्मरतिमा रम्न खोज्नु दुर्भाग्य हुनेछ । स्वास्थ्य प्रतिकूल हुने अथवा स्वास्थ्यमा धन खर्च हुने योग रहेको छ । आयस्रोत कमजोर रहला ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

अरुलार्इ गरेको सहयोगको प्रतिफल कमजोर हुने देखिएको छ । कार्य क्षेत्र सफल हुने योग रहेको छ । मानसिक शान्तिको लागि केही गर्ने बेला आएको छ । सोचेको काम बन्ने छ । सरकारी काम आफूले चाहे जसरी नै अघि बढ्ने देखिएको छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

समय केही प्रतिकूल हुने देखिएको छ । कामहरुमा उलझन आउने, सोचेको व्यक्तिबाट असहयोग हुने तथा बनिसकेको काम अन्त्यमा गएर बिग्रने जस्ता कुराले निराश बनाउला । दिनको मध्य तिर ग्रहको फल आफ्नो पक्षमा आइ कार्य सफलता दिनेछ ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)


शत्रु माथि विजय गरिनेछ । विवादित मुद्दा किनारा लाग्लान् । मान्यजनबाट अर्ति उपदेश पाइने छ । सार्थक परिणाम आउने काममा हात हालिने छ । सामाजिक प्रतिष्ठा पाइने छ । स्वास्थ्यमा आरोग्यता मिल्नेछ , शृङ्गारादिमा आर्थिक व्यय हुनेछ ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

गलत व्यक्तिको आश्रयका कारण प्रतिष्ठा कमजोर हुनेछ । मुल–सम्पत्तिको प्रयोगमा सावधान हुने बेला आएको छ । गाडी, वाहनको प्रयोगमा सावधान रहनुहोला, चोट पटकादी भय रहेकोछ । अपमानित हुने तथा झुठा मुद्दा लाग्ने समय रहेको छ ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

व्यय भार बढेपनि आय आर्जनका स्थायी मार्ग पत्ता लाग्नेछन् । आपसी मेलामिलाप र भाइचारा बढ्ने छ । शरीरमा आरोग्यता प्राप्त भै काम गर्ने स्फूर्ति बढ्ने छ । सबैको प्रिय लाग्ने काम गर्नाले सामाजिक प्रतिष्ठा बढ्ने छ । रचनात्मक कार्यमा लगानीको शुभ योग रहेकोछ ।


तुला (र री रु रे रो ता ती तू ते)
शुभ सामाजिक परिवेशका कारण केही गर्ने सङ्कल्प गरिनेछ । आपसी तालमेल र निस्कपट कार्य शैलीले सबैलाई फाइदा नै पुर्याउनेछ । गुप्त शत्रुहरु नासिनेछन् । गाडी वाहन सुख मिल्नेछ । जग्गा जमिनका विवादित मुद्दा किनारा लाग्ने छन् ।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
भनाइ र गराइमा सामन्जस्यता ल्याउनु जरुरी देखिएको छ । सन्तान सन्तति आफ्नो इशारामा चल्ने भएकोले सुख पाइने छ । केही भरपर्दा र विश्वसनिय आयका आधार प्राप्त हुने छन् । आफन्तको सकारात्मक व्यवहारले उत्साहित बनाउने छ ।


धनु (य यो भा भी भू ध फा ढ भे)
मनमा गलत कुराको संचार हुने भएकोले सत्सङ्गमा लाग्नु उपयुक्त हुनेछ । टाढाका मित्रजनबाट अनपेक्षित व्यवहार प्रदर्शन हुनेछ । स्वास्थ्योपचारमा अधिक खर्च हुने देखिएको छ । दिनको मध्यबाट भने गुमेको धन हात लाग्ने छ, आय आर्जनका स्रोत बढ्ने छन् ।


मकर (जो जा जी खी खू खे खो गा गी)
सन्तान मार्गबाट अशुभ संकेतले चिन्तित बनाउने छ । माया पिरतीका कुरामा भने शुभ सङ्केत मिल्नेछ । यात्रा फलदायी रहला । तार्किक क्षमता बढ्ने छ । मित्र बन्धुका बीचका असमझदारी दुर भई नयाँ सम्बन्ध स्थापित हुनेछन् । आत्म शक्ति मजबुत हुनेछ ।


कुम्भ (गू गे गो सा सी सु से सो द)
सुरुमा प्रशस्त आम्दानीको योग भए तापनि खर्चको मात्रा बढ्ने देखिन्छ । आफ्नै ढिपीले पैसा र समय खेर जाला । प्रियजनसँग भेट होला । आतिथ्यपूर्ण सम्मान पाइएला । मान, इनाम र प्रतिष्ठा पनि कमाउने बेला छ । प्रशंसकहरू थपिएर जालान् ।


मीन (दि दू थ भ ञ दे दो चा ची)
काममा उत्साह थपिनेछ । भाग्यको साथ पाउनु हुनेछ । मनमा उत्साह र जाँगर थापिनेछ । उच्च विचार र साधा जीवनमा विश्वास गरिनेछ । विचारमा महानता देखिनेछ । साहित्यिक तथा रचनात्मक कलाकारितामा सफलता मिल्नेछ ।

0 comments

Write Down Your Responses