उम्लिरहेको तातो तेलमा बसेर प्राथना गर्दै भिक्षु

 March 14, 2015 


(एजेन्सी) एक भिक्षुले उम्लिरहेको तातो तेलको भाँडामा बसेर प्राथना गरिरहेको भीडियो अनलाइनमा निकै चर्चित बनेको छ । तातो तेलमा बस्दा पीडाले छट्पटिनुपर्नेमा ती भिक्षु आनन्दले प्राथना गरिरहेको देखेर भीडियो हेर्ने सबैजना आश्चर्यमा परेका छन् ।


थाइल्याण्डको नोङ बुया लम्फु प्रान्तका ती भिक्षु तातो तेलको भाँडामा बस्दा पनि कुनै पीडामा देखिन्नन् । अझ उक्त भाँडाको तल आगो समेत बालिएको छ ।

के ती भिक्षुले साँचिक्कै कुनै दैवी शक्तिका कारण यस्तो गर्न सकिरहेका छन् त ? या त यो जादु हो ?
तर, केही वैज्ञानिकहरु भने यसलाई दैविक शक्तिभन्दा विज्ञानको प्रयोग मान्छन् । 

चुलाङक्रोन विश्वविद्यालयका वैज्ञानिक जेसाडा डेन्डुआङबोरिपान्ट तेल साँचिक्कै तातिरहेको कुनै प्रमाण नरहेको बताउँछन् । उनले ती भिक्षु बसेको भाँडामा पनि प्रश्न उठाएका छन् । ‘भाँडा हेर्दा लाग्छ, त्यसको दुईवटा तहहरु छन् । जसले तलबाट दिइएको तापलाई इन्सुलेट गरिएको हुनुपर्छ ।’

0 comments

Write Down Your Responses